देश/प्रदेश

बाढीपहिरो चल्दा देशका मुख्य सडक ४५ स्थानमा ठप्प

By खबरहब

September 28, 2024

काठमाडौं – अविरल वर्षापछि चलेको बाढीपहिरोका कारण देशका मुख्य सडकहरू ४५ स्थानमा अवरुद्ध भएको छ । ती स्थानमा पहिरो र बाढी चल्दा यातायात आवागमन ठप्प भएको हो ।

नेपाल प्रहरीले जारी गरेको ‘हाइवे अपडेट’ मा शनिबार दिउँसो साढे १ बजेसम्म देशको अधिकांश मुख्य राजमार्ग अवरुद्ध भएको उल्लेख छ । सातैवटा प्रदेशका मुख्य सडकका अधिकांश स्थानमा पहिरो खसेको छ ।

हुम्लाको सुर्केगाड गाउँपालिका-४ मा पहिरो जाँदा कर्णाली प्रदेशको जीवनमार्ग मानिने कर्णाली करिडोरको सो खण्ड पूर्ण अवरुद्ध छ । बागमती प्रदेशका मुख्य राजमार्गको २४ स्थानमा पहिरो खसेको छ । पहिरो खसेका सबै स्थानमा आवागमन ठप्प छ ।