आज २०८० साल माघ १४ गते आइबारको राशिफल « Khabarhub

आज २०८० साल माघ १४ गते आइबारको राशिफल


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १४ गते आइबार तदनुसार सन् २०२४ जनवरी २८ तारिख। मगा नक्षत्र, सिंहमा चन्द्रमा छन्। माग कृष्ण तृतीय तिथि। ज्योतिशशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : आजको दिन राम्रो छ। नयाँ कुराको खोजी गर्दै हुनुहुन्छ भने भेटिने छ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। अरुले गर्व गर्ने खालको कामको सुरुवात गर्नु राम्रो हुन्छ। ठुलो लगानी गर्नुभएको भए फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

वृष : दैनिकी राम्रो छ। मन खुशी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार भित्रकै सदस्यले ठगी गर्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग बल्झिएर दु :ख दिनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय सामान्य छ। गर्दै गरेको काम अधुरो बन्नेछ। जुनसुकै काम गर्दा पनि झन्झट आइपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानी सफल हुनेछ। राज्यको सेवामा राम्रो नतिजा प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। विश्वास गरेका पात्रले धोखा दिने भएकाले घरभित्र व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। तपाईंका हरेक क्षेत्र सबल छन्। आफ्ना क्षेत्र सबल हुनाले साथी टाढा हुनेछन्। नम्र भएर बस्नु फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। समाजमा तपाईंको कामको प्रभाव देखिने छ। प्रतिस्पर्धीले कामको सम्मान गर्नेछन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। सानो गल्तीले भयावह रुप लिने सम्भावना छ। आरोप–प्रत्यारोप सुन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। चिसोले स्वास्थ्यमा समस्या हुनसक्छ।

धनु : दैनिकी राम्रो छ। खुशी साट्ने योग छ। धर्ममा मन जानेछ। हरेक क्षेत्र अब्बल छन्। बोलीमा नम्रता देखिए परिवारको साथ मिल्नेछ।

मकर : दिन सामान्य छ। आरोप प्रत्यारोप सुन्नुपर्ने हुनसक्छ। आफ्नै सहकर्मीले कुरा काट्ने देखिन्छ। तपाईंको कर्मको प्रभावले लगानी गरेको भए फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अचानक धन खर्च हुने योग रहेको छ।

कुम्भ : दिन सामान्य राम्रो छ। शनिको छाया रहेकाले बोलीको कारण समाजमा नकारात्मक टिप्पणी हुनेछ। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। धन बढ्नेछ। धार्मिक ठाउँको यात्रा हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। बोलीमा नम्रता देखाउनु आवश्यक छ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : १३ बजे

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि