प्रधानमन्त्री कप क्रिकेट  : आज दुई खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट  : आज दुई खेल हुँदै


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।

आज कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब तथा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

कर्णाली र त्रिभुवन आर्मीबीचको खेल काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा ७ खेलबाट ६ अंक जोडेको कर्णाली प्रदेश तालिकाको सातौँ स्थानमा छ । ६ खेलबाट ८ अंक बनाएको आर्मी चौथो स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदान लुम्बिनी प्रदेश र मधेश प्रदेश भिड्ने छन् ।

प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी प्रदेश २ अंक जोडेर तालिकाको नवौँ स्थानमा रहँदा कर्णाली प्रदेश ८ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

अहिलेसम्मका खेलमा नेपाली पुलिस क्लब ६ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा रहँदा ९ खेल खेलेको बागमती १२ अंकका साथ दोस्रो स्थानमा छ ।

यस्तै, आफ्ना ८ वटै खेलमा हार बेहोरेको कोशी प्रदेश अंकविहीन हुँदै पुछारमा छ ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको