बाली बम काण्ड : पीडाका दुई दशक | Khabarhub Khabarhub

बाली बम काण्ड : पीडाका दुई दशक


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सन् २००२ मा भएको बाली बम आक्रमणमा ज्यान गुमाउने रग्बी खेलाडीका परिवारले पिडकलाई सजाइ दिलाउनका लागि ठुलो सङ्घर्ष गर्नुपरेको थियो। यो सङ्घर्षको नालीबेली पनि पठनीय हुनसक्छ। ३१ वर्षीय डान मिलर विवाह गरेको पाँच सातापछि बालीमा पत्नी पोलीसँग पुगेका थिए। यो त्यही ठाउँ थियो, जहाँ उनीहरूले दुई वर्ष अघि पनि भेटेका थिए।

पोलीले पहिलो पटक सन् २००० मा डानको आँखा आफू माथि परेको बताएकी छिन्। त्यसको लगत्तै अर्को वर्ष डानले नै प्रस्ताव राखेका थिए। सन् २००२ मा त्यो स्थानलाई फेरि आफ्नै ठानेर उनीहरू त्यहाँ पुगेका थिए।

सन् २००२ को १२ अक्टोबरका दिन अलकायदाको पनि वार्षिकोत्सव नै मनाउने योजना तय भइसकेको थियो। सेप्टेम्बर ११ का दिनमा अमेरिकामा आक्रमण भएको एक वर्ष, १ महिना र १ दिनमा उनीहरूले सो तयारी गरेका थिए।

हङकङमा बसोबास गर्दै आएका कानुन व्यवसायी डान एक्सपाट रग्बी टिमका लागि खेल्ने गरेका थिए। उनको उपनाम भन्डलास थियो। पछिल्लो वर्षमा जस्तै उनी बालीमा ह्याङ आउटका लागि जाने सुरमा थिए। यस क्रममा उनी सारी क्लब पुगे। अन्तिम पटक बारमा पुगेर बियर पिउने या नपिउने भन्ने सोधखोज नै उनको श्रीमानले गरेको अन्तिम वाक्य थियो।

सन् २००२ मा भएको बाली बम आक्रमणमा ज्यान गुमाउने रग्बी खेलाडीका परिवारले पिडकलाई सजाइ दिलाउनका लागि ठुलो सङ्घर्ष गर्नुपरेको थियो। यो सङ्घर्षको नालीबेली पनि पठनीय हुनसक्छ।

एकै पटक ठुलो आवाज आयो। सारी क्लबमा पनि त्यत्तिकै आवाज आउन थालेको थियो। पोलीलाई त्यस समयको घटना एउटा चलचित्रको दृश्य जस्तो मात्र लाग्छ। ‘धुँवाको मुस्लोले सर्वत्र पिरोलेको थियो। उनलाई आफू पनि तत्कालै मरी हाल्ने भान भएको थियो। पोलीले हतार हतार एउटा स्टिल छानो जस्तो फला पारेर त्यस पाताले बेरेर आफू बाहिर निस्कन तयार भइन्। यसपछि मात्र उनलाई आफू बाच्छु भन्ने आशा जागेको थियो।

आधा जलेको शरीर लिएर उनी अस्पताल पुगिन्। उनी निको त भइन् तर, अस्पताल पुगेको १० दिनपछि मात्र उनलाई मृतक मध्य एक डान पनि रहेको जानकारी दिइयो। दुई बम बारीमा दुई सय दुई जनाको ज्यान गएको थियो। भन्डलास रग्बी क्लबसँग सम्बन्धित ११ जना त्यसै समय मरेका थिए। त्यसपछि भान्डालास रग्बी क्लबसँग सरोकार राख्ने धेरै परिवारका सदस्यमध्ये न्यायका लागि २१ वर्ष लामो लडाइँ लडिएको थियो।

२१ वर्षपछि दुई जनालाई २३ वर्षको सजाय सुनाइएको छ। अब २०२९ सम्म उनीहरू जेलमा नै बस्ने छन्। ‘तिनीहरू सबै एकदमै मिल्ने साथी थिए’ डानकी जेठी दिदी सुसाना मिलरले भनिन्, ‘अहिले हामी सबै पुराना साथी भएका छौं। त्यस टोलीका कारण परिवार फराकिलो भएको छ।’ बेलायती मूलका परिवारलाई ग्वान्टेनमाओ खाडीमा अमेरिकी विशेष सैन्य शिविरका बयान कक्षमा पुग्नका लागि नै धेरै समय लागेको थियो।

२१ वर्षपछि दुई जनालाई २३ वर्षको सजाय सुनाइएको छ। अब २०२९ सम्म उनीहरू जेलमा नै बस्ने छन्।

क्युबाको टापुको न्यायालयमा पहिलो पटक पीडितको वक्तव्यले प्रवेश पाएको थियो। सन् २००१ को सेप्टेम्बर ११ पछि अमेरिकी नीतिमा केही परिवर्तन भएको थियो। आफ्नो भूभाग भन्दा पर कानुनी शिविर खडा गर्न यो कदम चालिएको थियो। सैन्य न्यायाधीशहरुबाट केही मुद्दाहरू हेर्ने गरिएका थिए।

अमेरिकी बार एसोसिएसनका अनुसार ग्वान्टेनमाओमा सयौँको ज्यान गए पनि जीवित मध्यको चार जना माथि मात्र आरोप लागेको थियो। यी नै आरोपी मध्य थिए, मोहम्मद बिन लिप तथा मोहम्मद बिन अमिन। अलकायदासँग सम्बन्धित समूह जिमाहा इस्लामियामा उनीहरूको आबद्धता थियो।

सुसाना मिलरकै अनुसार यो पखाई बहुतै कठिन थियो। सुनुवाइ रोकिएको समयमा उनीहरूको मन नै भारी हुने गर्थ्यो। न्याय नपाएसम्म उनीहरूका लागि हरेक कुरा कठिन थियो। केही कानुनी समस्याका कारण पनि यो ढिलाइ भएको थियो। सिआइए बन्दी गृह भित्र गोप्यताका लागि भिन्न किसिमको विवादास्पद सोधपुछ शैलीले पनि ढिलाइ भएको थियो। दुवै मलेसियनले आफूहरूलाई यातना दिइएको दाबी गरिरहेका थिए।

बेलायती परिवारलाई यो पनि थाहा थियो कि खिस्रिक्क केही गल्ती भयो भने सबै कुरा उल्टो हुनसक्छ। ‘यो प्रसङ्ग बालीका पीडितको सवालमा थियो’, सुसानाले भनिन्, ‘यातना स्वीकार्य हुन नै सक्दैन थियो। सुनुवाइ नभई न्यायको काम अघि बढ्न सक्दैन थियो। यसले पीडितलाई अझ पीडा होस भन्ने चाहना हुँदैन थियो। तल्लो तहमा नै यत्ति धेरै विवाद हुनुका बाबजुद केही समस्या समाधान गर्नु आवश्यक थियो।

घटना भएको दुई दशकपछि अमेरिकी न्यायालयले दुई जनालाई दोषी ठहर गर्दै जेल सजायको अवधि लम्ब्याएको छ। यसको मतलब उनीहरू सन् २०२९ सम्मका लागि जेलमा नै जाने छन्। यो नै पीडितको परिवारका लागि सबै भन्दा खुसीको कुरा हो।

इकोनोमिस्ट म्यागेजिनमा काम गर्दै रहेका २७ वर्षीय छोरा निल बोलरलाई पनि म्यागी स्टेफनले गुमाएकी थिइन्। सुसाना जस्तै उनी पनि निवेदन दर्ता गर्न क्युबा पुगेका थिए। उनले पनि आफ्नो पीडा यसरी व्यक्त गरेकी छिन्, ‘यो साँच्चै भावनात्मक र पीडादायी छ।’

म्यागीका लागि पनि सो ट्रिप एकदमै पीडादायक हो। त्यसपछि परिवारले भोगेको पिडा नेलले महसुस नगर्नु नै म्यागीले सान्त्वनाको विषय ठानेकी छिन्। यी सँगै म्याम्यु आर्नोल्डले पनि आफ्नो भाइ टिमलाई गुमाएका थिए। ‘यस संसारबाट कायरतापूर्वक हटाइएका मेरो भाइले न्याय पाउनुपर्छ भन्ने सवालमा म र मेरो परिवार सधैँ सतर्क रहेको थियो’, अर्नोल्डले भने।

घटना भएको दुई दशकपछि अमेरिकी न्यायालयले दुई जनालाई दोषी ठहर गर्दै जेल सजायको अवधि लम्ब्याएको छ। यसको मतलब उनीहरू सन् २०२९ सम्मका लागि जेलमा नै जाने छन्। यो नै पीडितको परिवारका लागि सबै भन्दा खुसीको कुरा हो।

फैसला सुनाइएको क्षण पर कतै रहेर पिडकका आफन्तले सुनी रहेका थिए। अडियो बाहिर ल्याउन ४० सेकेन्ड ढिला भएको थियो। यसका लागि सम्पूर्ण सुरक्षा संयन्त्र तयार गरिएको थियो।

धेरै जनालाई त सुनुवाइको क्रममा मारिएको आशङ्का छ। अन्तिममा मलेसियाका दुई जनालाई पनि २३ वर्षको जेल सजाय दिइएको कारण धेरै पीडितलाई केही सान्त्वना मिलेको छ।

बालीमा भएको सो घटनामा २१ देशका नागरिक मारिएका थिए। अस्ट्रेलियाका ८८ ,इन्डोनेसियाका ३८ र २८ जना बेलायतका थिए। जीमा इस्मालियाले सन् २००२ को अगस्टसम्म त्यस स्थानलाई निसाना बनाउने तयारी गरेको थिएन। बाली अमेरिकाको पनि प्रभाव रहेको तथा इस्लामहरू पनि रहेका कारण सो स्थानलाई चयन गरिएको थियो।

बालीमा आक्रमण गरेपछि अमेरिकी ध्यान अफगानिस्तानमा जान सक्दैन भन्ने त्यस समूहको ठहर थियो। त्यस घटनामा रहेका धेरै जनालाई जेलमा राखिएको थियो। यसरी राखिएका मध्य एमरोजी, मुखलास र समुद्रालाई सन् २००८ मा मृत्यु दण्डको सुनाइएको छ। धेरै जनालाई त सुनुवाइको क्रममा मारिएको आशङ्का छ। अन्तिममा मलेसियाका दुई जनालाई पनि २३ वर्षको जेल सजाय दिइएको कारण धेरै पीडितलाई केही सान्त्वना मिलेको छ।
स्रोतः बीबीसी, न्युयोर्क टाइम्स

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : २५ बजे

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनप्रति ऐक्यवद्धता जनाउदै काठमाडौंमा पनि अनेरास्ववियुको प्रदर्शन

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले बङ्गलादेशमा आरक्षणको

लुम्बिनीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

तुलसीपुर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार

विकासका लागि सबै एकताबद्ध हुनुपर्छ  : मोहन बस्नेत

सिन्धुपाल्चोक– पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै

बाध्यताले कांग्रेस-एमाले सरकार बनाउनु परेको हो : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफू निष्ठाको