‘जनयुद्धभन्दा सडक दुर्घटना भयानक’ « Khabarhub

‘जनयुद्धभन्दा सडक दुर्घटना भयानक’


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाली जनता सडक दुर्घटनाको जोखिममा रहेको र कुनै पनि समय सडक दुर्घटनाको समाचार बन्ने अवस्था रहेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानको १५औँ अधिवेशन उद्घाटन समारोहमा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष राईले नेपालमा सडक दुर्घटना महामारीझैं बढिरहेको बताए ।

देशमा भइरहेको सडक दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै प्रत्येक दिन सरदर ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको र ४० जना नेपाली सडक दुर्घटनामा परेर घाइते हुने गरेको उनले बताए ।

माओवादी जनयुद्धताका १० वर्षमा १७ हजारको ज्यान जाँदा देशले संकटकालको सामना गर्नुपरेको स्मरण गर्दै अहिले भइरहेको सडक दुर्घटनाबाट १० वर्षमा २८ हजार ८ सयले ज्यान गुमाउने गरेको राईको दाबी छ । जनयुद्धभन्दा सडक दुर्घटना भयानक र ठूलो संकट रहेको उनले बताए ।

सडक दुर्घटनाको मूल कारण भौतिक, मानवीय, यान्त्रिक र पर्यावरणीय रहेको बताउँदै उनले सडक प्रयोगकर्ता सबैमा सचेतना फैलाउन सकिएको खण्डमा मानवीय कारणबाट हुने धेरै दुर्घटना न्यूनीकरण गर्न सकिने तर्क गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ५२ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी