चीन नाइजेरियामा पनि आफ्नो प्रभाव विस्तार गर्दै « Khabarhub

चीन नाइजेरियामा पनि आफ्नो प्रभाव विस्तार गर्दै


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अबुजा- चीनले अफ्रिकी मुलुक नाइजेरियामा पनि आफ्नो प्रभाव विस्तार गरिरहेको पाइएको छ । पछिल्लो समय चीनले नाइजेरियामा आफ्नो सैन्यसँगै व्यापारिक सम्बन्धलाई स्थापित गरेको छ भने ठूलो परिमाणमा लगानीलाई पनि बढाएको छ ।

नाइजेरिया र चीनबीच सन् १९७१ र ७२ बाट सुरु भएको ठानिन्छ । त्यसयता नाइजेरियामा गठित सरकारहरुले मुलुकमा व्याप्त गृहयुद्ध तथा विद्रोह दबाउन चीनसँग बारम्बार सैन्य एवम् आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आएका छन् ।

पछिल्लो समय चीनले नाइजेरियालाई हतियार, सैन्य उपकरण तथा निगरानी गर्ने साधनहरुको आपूर्ति गर्दै आएको छ । चीनले नाइजेरियाका खानी, तेलजस्ता क्षेत्रमा लगानी गर्दै आएको छ । यस्ता क्षेत्रमा गरिएको चिनियाँ लगानी दिगो नभएको र वातावरणीय हिसाबमा पनि विनाश निम्त्याइरहेको भन्दै आलोचना हुँदै आएको छ ।

चीनले जनमुक्ति सेनासँग आबद्ध नोरिन्को नामक संस्थामार्फत् नाइजेरियामा आफ्ना गतिविधि गरिरहेको युगाण्डाबाट प्रकाशित हुने पीएमएल डेलीले जनाएको छ । उत्तर कोरिया र इरानजस्ता मुलुकसँग कारोबार गरेको आरोपमा अमेरिकाले यस संस्थालाई कालोसूचीमा राखेको छ ।

यस संस्थाले उत्तर कोरियालाई आम विनाशक हतियार आपूर्ति गरेको बताइन्छ । गत वर्ष नेपालले पनि यही कम्पनीसँग हतियार एवम् बख्तरबन्द गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । यस संस्थाले म्यान्मारमा पनि विवादास्पद खानी परियोजनामा काम गरिरहेको बाइएको छ ।

त्यसअघि सन् २०१४ मा यस संस्थाले दक्षिण सुडानमा ९५ हजार वटा राइफल र २ करोड राउण्ड गोली आपूर्ति गरेको थियो । उक्त परिमाणको हतियारले दक्षिण सुडानका हरेक व्यक्तिलाई दुई राउण्ड गोली हान्न पुग्छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ३९ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण