चीन नाइजेरियामा पनि आफ्नो प्रभाव विस्तार गर्दै | Khabarhub Khabarhub

चीन नाइजेरियामा पनि आफ्नो प्रभाव विस्तार गर्दै


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अबुजा- चीनले अफ्रिकी मुलुक नाइजेरियामा पनि आफ्नो प्रभाव विस्तार गरिरहेको पाइएको छ । पछिल्लो समय चीनले नाइजेरियामा आफ्नो सैन्यसँगै व्यापारिक सम्बन्धलाई स्थापित गरेको छ भने ठूलो परिमाणमा लगानीलाई पनि बढाएको छ ।

नाइजेरिया र चीनबीच सन् १९७१ र ७२ बाट सुरु भएको ठानिन्छ । त्यसयता नाइजेरियामा गठित सरकारहरुले मुलुकमा व्याप्त गृहयुद्ध तथा विद्रोह दबाउन चीनसँग बारम्बार सैन्य एवम् आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आएका छन् ।

पछिल्लो समय चीनले नाइजेरियालाई हतियार, सैन्य उपकरण तथा निगरानी गर्ने साधनहरुको आपूर्ति गर्दै आएको छ । चीनले नाइजेरियाका खानी, तेलजस्ता क्षेत्रमा लगानी गर्दै आएको छ । यस्ता क्षेत्रमा गरिएको चिनियाँ लगानी दिगो नभएको र वातावरणीय हिसाबमा पनि विनाश निम्त्याइरहेको भन्दै आलोचना हुँदै आएको छ ।

चीनले जनमुक्ति सेनासँग आबद्ध नोरिन्को नामक संस्थामार्फत् नाइजेरियामा आफ्ना गतिविधि गरिरहेको युगाण्डाबाट प्रकाशित हुने पीएमएल डेलीले जनाएको छ । उत्तर कोरिया र इरानजस्ता मुलुकसँग कारोबार गरेको आरोपमा अमेरिकाले यस संस्थालाई कालोसूचीमा राखेको छ ।

यस संस्थाले उत्तर कोरियालाई आम विनाशक हतियार आपूर्ति गरेको बताइन्छ । गत वर्ष नेपालले पनि यही कम्पनीसँग हतियार एवम् बख्तरबन्द गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । यस संस्थाले म्यान्मारमा पनि विवादास्पद खानी परियोजनामा काम गरिरहेको बाइएको छ ।

त्यसअघि सन् २०१४ मा यस संस्थाले दक्षिण सुडानमा ९५ हजार वटा राइफल र २ करोड राउण्ड गोली आपूर्ति गरेको थियो । उक्त परिमाणको हतियारले दक्षिण सुडानका हरेक व्यक्तिलाई दुई राउण्ड गोली हान्न पुग्छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ३९ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण