माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, १० प्रदेश इन्चार्ज परिवर्तन | Khabarhub Khabarhub

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, १० प्रदेश इन्चार्ज परिवर्तन


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन २९ गते हुने राष्ट्रिसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

राष्ट्रियसभा अध्यक्षमा गठबन्धनको अर्को दल नेपाली कांग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । माओवादीले अब आउने निर्वाचनहरुमा गठबन्धन नगरी एक्लै लड्ने निर्णय समेत गरेको छ ।

यस्तै, बैठकले चैत्र १ गते गर्ने तय गरेको मधेस–तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ ।

यसैबीच, स्थायी समिति बैठकले पार्टीका प्रदेश  इन्चार्जहरू परिवर्तन गरेको छ । बैठकले ७ प्रदेश समिति, उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र प्रवास प्रदेश समिति गरी १० वटा प्रदेशका इन्चार्ज परिवर्तन गरेको छ ।

जसअनुसार कोशीमा हरिबोल गजुरेल, मधेश प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा र लुम्बिनीमा चन्द्रप्रकाश खनाल रहेका छन् ।

यस्तै, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा गिरिराजमणि पोखरेल, विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवास अन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने माओवादी स्थायी समितिले निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १२ : ०१ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने