माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, १० प्रदेश इन्चार्ज परिवर्तन « Khabarhub

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, १० प्रदेश इन्चार्ज परिवर्तन


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन २९ गते हुने राष्ट्रिसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

राष्ट्रियसभा अध्यक्षमा गठबन्धनको अर्को दल नेपाली कांग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । माओवादीले अब आउने निर्वाचनहरुमा गठबन्धन नगरी एक्लै लड्ने निर्णय समेत गरेको छ ।

यस्तै, बैठकले चैत्र १ गते गर्ने तय गरेको मधेस–तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ ।

यसैबीच, स्थायी समिति बैठकले पार्टीका प्रदेश  इन्चार्जहरू परिवर्तन गरेको छ । बैठकले ७ प्रदेश समिति, उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र प्रवास प्रदेश समिति गरी १० वटा प्रदेशका इन्चार्ज परिवर्तन गरेको छ ।

जसअनुसार कोशीमा हरिबोल गजुरेल, मधेश प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा र लुम्बिनीमा चन्द्रप्रकाश खनाल रहेका छन् ।

यस्तै, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा गिरिराजमणि पोखरेल, विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवास अन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने माओवादी स्थायी समितिले निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १२ : ०१ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट