बन्दीमाथि हमासको चरम यातना | Khabarhub Khabarhub

बन्दीमाथि हमासको चरम यातना


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

अमित साउसेना ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि बन्दी बनाइएकी एक महिला हुन्। उनले बन्दी जीवनमा भएको ज्यादती अहिले सार्वजनिक गरेकी छन्। पिटाइ र यौन हिंसाको कुरा पनि उनले सार्वजनिक गरेकी छन्। अमितले ५५ दिन हमासको बन्दी गृहमा बिताएकी थिइन्। हमासले दिएको यातनाका बारे अहिले उनी खुलेर बोल्न थालेकी छिन्।

उनलाई आफ्नै घरबाट १० जना आएर लगेका थिए। त्यसैबाट उनको कष्टप्रद जिन्दगीको सुरुवात भएको थियो। बारम्बार यातना दिइएको घटना अझै उनको मनमा ताजै छ। उनीमाथि भएका ज्यादतीका घटना नै हमासको अमानवीय गतिविधि पुष्टि गर्न पर्याप्त छन्। जन्जिरले बाँधेर उनी माथि यौन दुर्व्यवहार भएको थियो। उनको बयान हमास आतङ्कको सिङ्गो प्रमाण हो। बन्दी परिवारका सदस्यहरूकै अनुसार हमासको मानवता विरोधी अपराधका अन्य कुनै प्रमाण खोज्न आवश्यक नै छैन। सन् २०२३ कै नोभेम्बरमा दुई पक्षका बन्दी छाड्ने सहमति अनुसार उनी पनि रिहा भएकी थिइन्।

न्यु योर्क टाइम्ससँग साउसेनाले ८ घण्टा लामो अन्तरवार्ता दिएकी थिइन्। सो अन्तरवार्ताको क्रममा उनले भोगेको हरेक यातनाको चर्चा गरेकी छन्। बन्दी जीवन बिताउने क्रममा उनलाई गाजामा शारीरिक र मानसिक यातना दिइएको थियो। 

बन्दी परिवारको सगंठनले त उनलाई नायकको संज्ञा दिएका छन्। १ सय ७२ दिनको कहालीलाग्दो समयलाई अमितको भनाइले पुष्टि गरेको उनीहरू बताउँछन्।हमासले बन्दी बनाएका धेरै जना छुटेका छन्। परन्तु अझै धेरै बन्दी रिहा हुन सकेका छैनन्। उनीहरूलाई छुटाउनका लागि पहल गर्नुपर्ने कुरा आइरहेको छ।

न्यु योर्क टाइम्ससँग साउसेनाले ८ घण्टा लामो अन्तरवार्ता दिएकी थिइन्। सो अन्तरवार्ताको क्रममा उनले भोगेको हरेक यातनाको चर्चा गरेकी छन्। बन्दी जीवन बिताउने क्रममा उनलाई गाजामा शारीरिक र मानसिक यातना दिइएको थियो। उनलाई गाजाको विभिन्न घरमा समेत लगिएको थियो। कतिपय टनेलमा लगेर समेत उनलाई यातना दिइएको थियो।

यसरी राखिएको समयमा गार्ड बस्नेले नै यौन जीवनका बारे चासो दिन थालेका थिए। बायाँ पाखुरामा चेनले बाँधेर उनलाई बच्चाहरूको होस्टेलमा राखिएको थियो। महिनावारीको बारेमा समेत चासो लिइएको थियो। सो समय सकिने बित्तिकै अर्को हरकत पूर्ण व्यवहार उनी माथि भएको थियो। उनका सबै विवरण यहाँ प्रस्तुत गर्न भने उपयुक्त नहुन पनि सक्छ।

बन्दी बनाइएकी १९ वर्षीया लाभा नेभीकी आमा डा. आययेट लेभिस्चार अमितको बयानबाटै गाजामा बन्दी बनाइएकाले हरेक दिन भोग्नु परेको शारीरिक तथा मानसिक यातनालाई चित्रित गरेको बताउँछिन्। उनीहरूलाई जसरी भए पनि त्यहाँबाट झिकाउनु पर्ने, अन्यथा धेरै ढिला हुनसक्ने मत धेरैको छ।

मार्च महिनाका सुरुवातमा नै संयुक्त राष्ट्र संघले एकल तथा सामूहिक रूपमा यौन हिंसाका घटना ७ अक्टोबर पछि भइरहेको कुरा जनाएको थियो। राष्ट्र सङ्घकै अनुसार पनि हमासको आक्रमण पछि यसरी अपराध भएका धेरै प्रमाण फेला परेका छन्। यसमा सबैको चासो अनिवार्य भइसकेको छ।

हमासका नेता कसिम नइ राष्ट्र संघले लगाएको सो आरोप गलत भएको दाबी गरेका छन्। मंगलबार इजरायलका राष्ट्रपति इसाक हेरगोजले अमितको बयानले सिङ्गो इजरायली बन्धकको समस्यालाई बाहिर ल्याएको जनाएको छ।

कतारको दोहामा हालै भएको वार्ता केही सकारात्मक पनि भएको छ। ४० इजरायली बन्धकको बदलामा आफूले बन्दी बनाएका सात सय जना प्यालेस्टाइनीलाई छाड्न इजरायल सहमत भएको छ। यी मध्येका १ सय जना त इजरायलीलाई मारेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएका नै छन्। अहिले अमेरिकाले राखेको ‘प्रिजनर होस्टेज एक्सचेन्ज प्रोपोजल’ अनुसार नै यस विषयमा वार्ता भइरहेको हो।

गएको सातामा नै इजरायली अधिकारीले अमेरिकाले यसरी प्रस्ताव अघि ल्याए उपयुक्त हुने धारणा व्यक्त गरेका थिए। यो मात्र त्यहाँको समस्या भने पक्कै पनि होइन। त्यहाँ राहत वितरण लगायतका समस्या छन्। सिआइएका निर्देशक बिल र्बन्स दोहामा रहेको समयमा नै यो वार्ताको क्रम अघि बढेको हो। हमासको यस विषयमा पूर्ण प्रतिक्रिया आइसकेको छैन। सायद हमासको प्रतिक्रिया आएपछि यी सबै विषयमा कुरा अघि बढ्न सक्ने छ।

कतारको दोहामा हालै भएको वार्ता केही सकारात्मक पनि भएको छ। ४० इजरायली बन्धकको बदलामा आफूले बन्दी बनाएका सात सय जना प्यालेस्टाइनीलाई छाड्न इजरायल सहमत भएको छ।

यो प्रक्रियालाई अघि बढाउन बसिम नइम र हुसम बद्रान पनि सहमत थिए। उनीहरूले इजरायले पूर्ण युद्ध बिरामका लागि राखेको प्रस्ताव अस्वीकार गरेकै कारण समस्या आइरहेको छ। अहिले प्यालेस्टाइनमा रहेका सबै इजरायलीलाई फिर्ता बोलाउने तथा घरबार बिहीन भएकालाई घरमा बस्ने अवस्था दिनका लागि यो प्रयास आवश्यक रहेको जनाइएको छ।

आइतबार राति रफाहामा इजरायलले पनि भिषण आक्रमण गरेको थियो। सो आक्रमणपछि दुई जनालाई रिहा गर्न इजरायल सफल भएको थियो। ६० वर्षीय फर्नान्डो सिमन मारमन तथा ७० वर्षीय लुइस हर रिहाइ भएका थिए। ७ अक्टोबरका दिन भएको हमास आक्रमणसँगै उनीहरू निर यीतझाक किबुजबाट गिरफ्तार भएका थिए।

अहिले हमासले रोगी, असक्त र प्रौढलाई रिहा गर्न भनेको छ। धेरैको अनुमान मध्ये १ सय जना जीवित बन्दी हुन् सक्छन्। यसमा महिला, प्रौढ र रोगी सहित ४० जना रिहाइको पहल भएको हो।

नोभेम्बरमा दुई पक्षीय सहमतिसँगै धेरै बन्दी रिहाइ भएका थिए। यसको लगत्तै डिसेम्बर महिनामा एउटा रिपोर्ट प्रकाशित भएको थियो। इजरायलका एक मनोचिकित्सकले त्यहाँबाट रिहाइ हुनेको अवस्था एकदमै खराब भएको जनाएका थिए।

नोभेम्बरमा दुई पक्षीय सहमतिसँगै धेरै बन्दी रिहाइ भएका थिए। यसको लगत्तै डिसेम्बर महिनामा एउटा रिपोर्ट प्रकाशित भएको थियो। इजरायलका एक मनोचिकित्सकले त्यहाँबाट रिहाइ हुनेको अवस्था एकदमै खराब भएको जनाएका थिए।

इचिलोभ तेल अभिभ मेडिकल सेन्टरका मनोचिकित्सक रेनाना आइटनले हमासले बन्दी बनाएकाहरूले अत्यन्त खराब अवस्थाको सामना गरेको बताएकी थिइन्।

त्यसै समयमा १४ जानलाई एकै पटक उनको मनोचिकित्सक केन्द्रमा लगिएको थियो। त्यहाँ रहेका बच्चालाई हमासले बन्दी बनाएको समयमा लागूऔषध सेवन गर्न समेत लगाइएको थियो। एउटा अँध्यारो बन्द कोठामा उनीहरूलाई राखेर धेरै नै खराब हर्कत गरिएको समाचार त्यसै समयमा बाहिर आएको हो।

त्यसै समयमा आइटनको टिमले लामो समय ध्यान दिएर उनीहरूको उपचार नगरेमा यसले गम्भीर दुर्घटना समेत निस्कने सक्ने चेतावनी दिएको थियो। त्यस समयमा टिम आइटनले उपचार गरेका १४ मध्ये ९ जना १९ वर्ष मुनीका थिए। यसैगरी, २ जना १० वर्ष भन्दा कमका थिए।

आइटनकै अनुसार उनीहरूको आश्चर्यलाग्दो अवस्था देखिएको थियो। सुरुवातमा रिहा हुँदा उनीहरू एकदमै खुसी देखिएका थिए। विस्तारै त्यहाँको कहाली लाग्दो अवस्थाको यादले उनीहरूलाई सताइरहेको थियो। कत्तिसम्म भने उनीहरू रिहाइ भएको केही दिनसम्म त राती सुत्न समेत डराउँथे। फेरि कतै गाजामै पुगिने त होइन भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको थियो।

यो दर्दनाक अवस्था अन्य धेरै हुनसक्छ। यी धेरै दर्दनाक अवस्था मध्य पछिल्लो समय अमितको अन्तरवार्ताले धेरै विषय छताछुल्ल पारेको छ। युद्धविराम गर्न अहिले सबै पक्षलाई दबाबसमेत परेको छ। स्रोत : सीएनएन, द गार्जीयन

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ८ : ३१ बजे

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि

लगानी सम्मेलनको पुर्वसन्धयामा स्वदेशी लगानिकर्ता सडकमा (तस्बिरहरु)

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ताहरूले शनिबार काठमाडौंमा

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर– आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०-८१ को

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं – वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाली