जहाँ घोडाअघि बग्गी दौडिन्छ... | Khabarhub Khabarhub

जहाँ घोडाअघि बग्गी दौडिन्छ…



एकजना ब्राम्हण पुत्र गुरुकुल आश्रममा बसेर दीक्षित भई प्रमाणपत्र लिएर घर फर्किए। उनले आफूले प्राप्त गरेको प्रमाणपत्र बाबुलाई देखाए। बाबुले छोराको अध्ययनको प्रशंसा गर्दै एउटा प्रश्न सोधे- ‘बाबु , तिमीले आफ्नो अध्ययन त पूरा गर्यौ तर भन त पापको जननी के हो ?’

बाबुको प्रश्नले छोरा अक्क न बक्क परे। आफूले पढेका सबै शास्त्रका ठेली सम्झिए। तर कतै यसबारे व्याख्या छैन्। गुरुका वाणी सम्झिए, तिनमा पनि यसबारे केही भनिएको छैन्। छोराको ज्ञानबाट असन्तुष्ट बाबुले जसरी भएपनि यसको जवाफ लिएर मात्र घर फर्कन आदेश दिए। यही प्रश्नको उत्तर खोज्न उनी सहरका गल्ली चाहार्न थाले। उनको एक नगरवधुसँग भेट भयो। नगरबधुले छटपटिनुको कारण सोधिन।

ब्राम्हणपुत्रले पनि रिट्ठो नबिराई सबै बताइदिए। यसलगत्तै महिलाले युवकलाई आफ्नो घरमा पसेर घर पवित्र पारिदिन आग्रह गरिन्। ब्राम्हण भएर यस्ता पतीत महिलाको घर जान उचित छैन भन्दै उनी के अगाडि बढेका थिए, ती महिलाले एउटा असर्फी ल्याएर दिँदै भनिन्– ‘कृपा गरेर भित्र पाइला मात्र हालिदिनुस्। अरु केही पर्दैन, बस् मेरो घर पवित्र पारिदिए म ऋणी हुने थिएँ।’ ब्राम्हणलाई पनि भित्री मनमा लाग्यो- ‘भित्र पसिदिए मात्रै असर्फी हात लाग्छ भने के फरक पर्यो र ?’

यही सोच्दै उनी घरभित्र प्रवेश गरे। यसपछि अर्को असर्फी दिँदै ओछ्यानमा बसिदिन आग्रह गरिन्। खल्तीमा असर्फी हाल्दै ब्राम्हणले त्यो इच्छा पनि पूरा गरिदिए। त्यसपछि नगरबधुले अर्को असर्फी दिएर सुनको गिलासमा एक गिलास पानी खाइदिन भनिन्। त्यसका लागि पनि ब्राम्हण तयार देखिए। सुनको बालाको लोभ देखाएर नगरबधुले ब्राम्हण हातबाट एक गाँस भात खाने अन्तिम इच्छा प्रकट गरिन्। लोभबाट अन्धो भइसकेका ब्राम्हणले यो माग पनि स्वीकारेर भात ख्वाउन हात मात्र के उठाएका थिए, उनले बाहुनको गालामा तोरीको फूल देख्ने गरी चड्काउँदै भनिन्- ‘तिमी त्यत्रो ब्राम्हण भएर एउटा असर्फीको लोभमा म जस्ती वेश्याको घरमा पस्यौ। अर्को असर्फीको लोभमा खाटमा बस्यौ। अर्को असर्फीले पानी ख्वायौ। हुँदाहुँदा लोभमा अन्धो भएर मलाई भात ख्वाउनसम्म तयार भयौ हैन ? हो, तिमीले खोज्दै हिँडेको प्रश्नको जवाफ पनि यही हो। लोभ नै अपराधको जननी हो। तिम्रो प्रश्नको जवाफ लिएर पिताजीसंग जाऊ।’चित्तबुझ्दो जवाफ पाएपछि सबै लोभ बिसर्जन गर्दै ब्राम्हणपुत्र घरतर्फ लागे।

नेपाली भूमि लिपुलेकलाई हेर्ने यी दुई देशको समान दृष्टिकोणले पनि यस तथ्यलाई पुष्टि गर्छ। बतासे कुखुराको अण्डाझैँ नेपाली माटोलाई उपयोग गर्ने समान नीतिले पनि हाम्रो कूटनीतिक, नेताहरुको राष्ट्रवादी अलाप लाटाले बाउ घुक्र्याए भन्दा पर छैन्।

नेपालका नेताहरुको कूटनीति अन्ततः त्यही ब्राम्हण पुत्रको जस्तो हुने गरेको छ। खासगरी विशाल दुई छिमेकी मुलुक भारत–चीन जाँदा राष्ट्रियताका भारी लिएर जानेहरु फर्कंदा छोरा छोरी, बहिनी ज्वाइँलाई डाक्टर, इन्जिनीयर बनाउने करारनामामा राष्ट्रिय स्वार्थ खरानी बनाएर फर्किनु आमप्रवृत्ति हो। नेपालीका लागि आउने कोसेली भनेको पेन्गुइनले लुगा लाए झै दौरा सुरुवालमा खिचिएका बेढंगे फोटा मात्रै हुन्। वर्षेनी आधा खरब बढी डलरको व्यापार गर्ने यी दुई देश बीचका हामी नेपाली त्यो कुखुराको भाले भएका छौं, जो बासे पनि नबासे पनि बिहान हुन कुनै बाधा पर्दैन्।

नेपाली भूमि लिपुलेकलाई हेर्ने यी दुई देशको समान दृष्टिकोणले पनि यस तथ्यलाई पुष्टि गर्छ। बतासे कुखुराको अण्डाझैँ नेपाली माटोलाई उपयोग गर्ने समान नीतिले पनि हाम्रो कूटनीतिक, नेताहरुको राष्ट्रवादी अलाप लाटाले बाउ घुक्र्याए भन्दा पर छैन्।

तिब्बती शरणार्थीका सारथि दलाई लामा वर्षौंदेखि भारतमा आसन जमाएर बसेका छन्। प्रमुख नेताले नै शरण पाएको मुलुकमा लोकतन्त्रको मर्यादामा कुनै आँच आएको छैन्। व्यापारमा उतार चढाव आएको तथ्यांकले देखाउँदैन्। द्विपक्षीय सम्बन्ध मजबुत छ।

कूटनीतिका खम्बाहरु बज्रजस्तै दरिला छन्। बरु औद्योगिक क्रान्तिका मानक ठहरिएका पश्चिमालाई लघारेर यी दुई देशले गुमेको पूर्वीय आर्थिक सभ्यता फेरि उदय गराउने विश्वास लिइँदैछ। तर नेपालमा भने गेरु बस्त्र लगाउने एउटा तिब्बतीको गतिविधिलाई लिएर राष्ट्रमै भूइँचालो जान्छ। ठूलाबडा मुखियाले एक चीन नीतिबारे दिनमा दशपल्ट स्पष्टिकरण दिनुपर्छ। यो कस्तो कूटनीति हो ?

कूटनीतिका खम्बाहरु बज्रजस्तै दरिला छन्। बरु औद्योगिक क्रान्तिका मानक ठहरिएका पश्चिमालाई लघारेर यी दुई देशले गुमेको पूर्वीय आर्थिक सभ्यता फेरि उदय गराउने विश्वास लिइँदैछ। तर नेपालमा भने गेरु बस्त्र लगाउने एउटा तिब्बतीको गतिविधिलाई लिएर राष्ट्रमै भूइँचालो जान्छ।

नागरिकता लिएर के गर्नु एकमुठी चिल्ला सुकिला बाहेकका नेपाली जनता आफ्नै आँगनमा शरणार्थीको नियति बाँच्न बाध्य छन्। अर्कातिर थैली र मजेत्रोमा पैसा बटारेर बोक्ने जनता भएका देशमा जाली नोटको कारोबारको सन्दर्भ दिनरात उठ्नु, संसारका मानिस एउटै गाउँमा रुपान्तरित भई सभ्य समाजको परिकल्पना भएको विश्वमा नागरिकता नामको चिर्कटोका विषयमा दिनरात तर्क, कुतर्क अनि माथापच्ची चल्नु पछाडिको पहेली बुझी साध्य छैन्।

नेपालको राजनीति एकदम सरल छ। सिंहदरबारले सत्ताको राप अनि तापले नभेटेकालाई सम्बोधन गर्ने बित्तिक्कै देशका तमाम समस्या समाधान हुन्छन्। जसले जतिसुकै डोरी बाटे पनि आखिर कृषकले समयमा मल बीउ, न्यायमा आम नागरिकको पहुँच अनि विधिको शासन बाहेक कसले के नै मागेको छ र ? एउटी नारी भृकुटी चीन पुगिन, साइनोको सेतू बनिन्। अरनिको पुगे, संस्कृतिको अमिट बाटो कोरे। बीपी गए, संसारको धुरी सगरमाथालाई नेपालको पोल्टोमा पारे। अपठित जंगबहादुर बेलायत पुगेर आएपछि सेनामा सुधार गरे। गिद्दे छापाखाना प्रारम्भ गरे।

भारतका मुख्यमन्त्रीले आफ्नो राज्यमा बिल गेट्स, मार्क जुकरबर्ग बोलाएर कम्प्युटर शिक्षाको अभियान जोडतोडसाथ चलाए। भारतीय व्यापारी मुकेश अम्बानीको छोरा अनन्तको बिहेमा विश्वका धनपति जन्ती बनेर आए। यताका मुख्यमन्त्री सीडीओको पोल प्रधानमन्त्रीलाई लगाउन महिनामा चारपल्ट सिंहदरबार धाउँछन् । यिनीहरका लागि प्रदेशको नामाकरण नै जीवनको पहिलो र अन्तिम काम बन्यो। यो दृश्यले भन्छ- मुलुक कसैले चलाएको छैन, आफैं चलेको छ। यस्तो निष्प्राण ढंगले मुलुक चल्नु र रोबर्ट एकै हो।

आफ्नै घर अनुशासनमा राख्न नसकेर छोराछोरी नै चार दिशातर्फ मुख फर्काउने अवस्था झेलिरहेका उनीहरुलाई संघीयता शब्द सुगा शैलीमा कण्ठ छ तर त्यसको परिभाषा थाहा छैन्। आफ्नै परिवारलाई न्याय गर्न सक्ने क्षमता नभएकाबाट क्षेत्रीय राज्यको अभ्यास हुनु नरकयात्रा सिवाय केही होइन्।

भारतका मुख्यमन्त्रीले आफ्नो राज्यमा बिल गेट्स, मार्क जुकरबर्ग बोलाएर कम्प्युटर शिक्षाको अभियान जोडतोडसाथ चलाए। भारतीय व्यापारी मुकेश अम्बानीको छोरा अनन्तको बिहेमा विश्वका धनपति जन्ती बनेर आए। यताका मुख्यमन्त्री सीडीओको पोल प्रधानमन्त्रीलाई लगाउन महिनामा चारपल्ट सिंहदरबार धाउँछन् ।

मुलुकमा वित्तीय अनुशासनका कुरा गर्ने मान्छे पागल करार हुने अवस्था छ। झन् लोकतन्त्र त दुई तीन दलले कोरलेको अण्डा जस्तो भएको छ। उनीहरुले जुन रंगको अण्डा कोरलेर दिन्छन्, त्यसैलाई सालिग्राम मानेर सबैले पूजा गर्नुपर्ने रे ! देश अब नेताले हैन, एजेन्टले चलाउने दिन सघन रुपमा देखिदै आएको छ।

घोडा अघि बग्गी दौडियो भने के हुन्छ ? हामी अहिले त्यही उल्टो यात्रामा छौं। सिंहदरबार सधैं सिंहदरबार धाउने र त्यहीं वरिपरि छाउनेहरुको बपौतिजस्तै बनेको छ। तर सिंहदरबारका हेडसरहरुले त्यहाँ पहुँच नपुगेकाहरुमा दुरदृष्टि कहिल्यै मिल्काउन सकेनन्। शासन व्यवस्था तापको अखडा बन्यो। त्यसलाई प्रकाशमा बदल्ने हिम्मत कसैले गर्न सकेनन्। राजनीतिमा तोड्ने कैंचीहरु धेरै जन्मिए। सानै होस् न जोड्ने सियो कोही भएनन्। हुन खोज्नेहरु एक्लिए। समयसँगै युनिभर्सिटीको प्रमाणपत्र लिनेहरु बढे होलान तर जनताको चेतना, आकांक्षा र आवश्यकतामा त्यति ठूलो अन्तर आउँदैन्।

हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट कम्प्युटरमा प्रवेश गरेको मात्र हो। आजभन्दा ६३ वर्षअघि राजा महेन्द्रले निकालेको शाही विज्ञप्ति अहिलेका राष्ट्र प्रमुखले निकाल्ने भन्दा अन्तर छैन्। जसमा भनिएको छ- ‘जनता पनि अघिभन्दा बढी मात्रामा होसियार र चेतनशील भैसकेकोले देश र जनहितको काम गरे नगरेको थाहा पाउने भइसकेका छन्। यो तथ्यलाई सबैले बुझी, राजनीतिक पार्टीले पनि वर्तमान परिस्थितिमा परस्परको मतभेद, ईष्या र द्वेष बिर्सी, समयको मागलाई बुझी, देश र जनहितको ख्याललाई ध्यानमा राखी, मातृभूमिको सेवा नै परम कर्तव्य हो र देशको कल्याण हामी सबैको कर्तव्य हो भन्ने मूलमन्त्रलाई राम्ररी सम्झेर कार्यक्षेत्रमा आउने बेला छ। अब सबैले दलगत स्वार्थ र सङ्कुचित मनोभावनालाई त्यागी मुलुकलाई सुदृढ तरिकाले एकताको मजबूत आधारमा अघि बढाउँदै लैजानु पर्दछ।’

हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट कम्प्युटरमा प्रवेश गरेको मात्र हो। आजभन्दा ६३ वर्षअघि राजा महेन्द्रले निकालेको शाही विज्ञप्ति अहिलेका राष्ट्र प्रमुखले निकाल्ने भन्दा अन्तर छैन्।

राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सबैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ता यति जोशिला थिए, जो सुरुवालको इँजारभित्र साइनाइट बोक्थे। प्रजातन्त्रका खातिर कफन बाँधेका उनीहरु राणाको कब्जामा पर्ने अवस्था आए साइनाइट सुँघेर सकिने तर पार्टीको सूचना नचुहाउने मानसिक तयारीमा देखिन्थे। बयान, बकपत्र, बिजुलीको झड्काभन्दा उनीहरुका लागि मृत्यु प्यारो थियो।

साइनाइट, खाएर वा सुँघेर कसैले आत्महत्या गर्यो भने त्यो ब्रम्हहत्या हुन्छ भन्ने डरले राणा शासक युवाको खानतलासी गर्थे। एकपटक त एउटा युवाको इँजारमा भेटिएको धुलो खानेकुरा मिसाएर कुकुरलाई दिँदा कुकुर ठाउँका ठाउँ मरेको थियो। साइनाइट उपलब्ध गराएको भनेर कम्पाउन्डर चन्द्रमान सैंजूलाई कठघरामा उभ्याइयो। सत्य बकाउन उनलाई केरकार, पिटपाट, कोर्रा, कटक र बिजुली गरी घोर यातना दिइएको थियो।

जुन घटनालाई साइनाइट पर्व भनेर पनि केही इतिहासकारले व्याख्या गर्ने गरेका छन्। हो, यस्तो दल प्रजा परिषद् आज कहाँ पुग्यो ? आफूलाई संसारको निर्विकल्प शक्ति भन्ने दाबी गर्नेले यो तथ्यलाई पनि ह्याकुलामा राख्नु जरुरी छ। संसारमा निर्विकल्प र अन्तिम सत्य मानिने मृत्युका विषयमा पनि वैकल्पिक बहस हुन थालेका छन्।

मुलुकलाई सुशासनमा लैजाने कागजी प्रयास त उहिल्यैदेखि भएकै हो। कागजमा घोडाको सुन्दर तस्बिर बनाउनेहरुले तबेलामा घोडा बाँध्दा आइपर्ने चुनौती र त्यसको तयारीलाई पटक्कै ध्यान दिएनन्।

नानीमैयाँदेखि करिमा बेगमले जितेको अपवादलाई राजनीतिको व्याकरण फेरिएको रुपमा हेर्नुहुन्न। आखिर तिनीहरु जसरी आए, उसरी नै गए। संसारमा हातखुट्टा नभएका करोडौं छन् तर बजारमा तिनीहरुका लागि भनेर सर्ट, पाइन्ट त सिलाइएको हुन्न नि।

मुलुकलाई सुशासनमा लैजाने कागजी प्रयास त उहिल्यैदेखि भएकै हो। कागजमा घोडाको सुन्दर तस्बिर बनाउनेहरुले तबेलामा घोडा बाँध्दा आइपर्ने चुनौती र त्यसको तयारीलाई पटक्कै ध्यान दिएनन्।

तात्कालीन राजा महेन्द्रको भाषा आफैं बोल्छ-‘आजदेखि भ्रष्टाचार निवारण आफिस, पब्लिक सर्भिस कमिसन, सेन्ट्रल इन्टलिजेन्स ब्युरो, कमाण्डरी किताब खाना मैले आफ्नै मातहत राखी काम चालू गर्ने भएको छु। त्रुटि मानिसबाटै हुन्छ। सो दोहोरिन नदिनु पनि मानिसकै गुण हो। जनताको आवाजलाई महत्त्व दिई प्रजातान्त्रिक तरिकाले छलफल, सरसल्लाह गरी जो उचित ठहरिएला सो बमोजिम यथाशीघ्र जनताको विश्वास पात्र भई देशको हित गर्ने योग्य मन्त्रिमण्डल खडा गर्नेछु।’ यसखाले गल्तीबाट गल्ती सिक्ने दुष्चक्रबाट कहिले मुक्ति पाइएला खै ?

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ९ : ३९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न