अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सिंह « Khabarhub

अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सिंह


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

सिरहा– मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा रहेका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

गृहजिल्ला सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको निरीक्षण गर्दै उनले अस्पतालको स्तरोन्नति, सेवा प्रवाह, स्वास्थ्य प्रयोगशालालगायत विद्यमान समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए । 

प्रादेशिक अस्पतालको समग्र विकास, सेवा प्रवाह र यसको स्तरोन्नतिका लागि सरकार सदैव सकारात्मक रहेको मन्त्री सिंहको भनाइ छ ।

 ‘नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने हाम्रो लक्ष्य छ । तसर्थ सेवा प्रवाहमा कुनै समस्या भए तत्काल जानकारी गराउँनुस्, समस्या समाधान गर्दै जानेछौँ’, उनले भने, ‘यसअघि थालिएका राम्रा कामलाई पनि निरन्तरता दिनेछौँ ।’ 

मन्त्री सिंहले प्रादेशिक अस्पताल लहानको जग्गा रजिस्ट्रेशन गर्दा दाताद्वय शारदा र मुरारका परिवार तयार हुँदा राजस्वसम्बन्धी समस्या देखिएकाले सो समस्यालाई चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए।

निरीक्षणका क्रममा ‘हेल्पिङ ह्याण्ड’ र ‘हेल्पिङ हर्ट’ संस्थाले उपलब्ध गराएको ३४ लाख ६६ हजार आठ सय ७४ पर्ने एक सय ४४ किसिमका स्वास्थ्य उपकरण मन्त्री सिंहले अस्पताललाई हस्तान्तरण गरे । उनले स्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै अभाव रहेका उपकरण तथा अन्य सामग्री र उपलब्ध रहेका उपकरणकाबारे जानकारी लिए । 

अस्पतालका सबै तहका कर्मचारीले कुनै किसिमको लापरवाही नगरी काम गर्नुपर्ने भन्दै लापरवाही भएको प्रमाणित भए कारबाही गर्न पनि पछि नपर्ने मन्त्री सिंहले बताए। प्रदेशभरि बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भन्दै उनले मधेस स्वास्थ्य प्रदेशको नारा कार्यान्वयन गर्न आफू इमानदारीपूर्वक लाग्ने बताए । 

प्रादेशिक अस्पतालको स्तरोन्नतिमा रहेका बाधाव्यवधान फुकाएर अस्पतालको विकासका लागि सकारात्मक पहल गरिदिन प्रदेशसभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले मन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए । 

सोही अवसरमा मन्त्री सिंहलाई रक्तसञ्चार केन्द्र लहान र रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालले सम्मान गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १ : २२ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका