पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण « Khabarhub

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। उनका अनुसार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।

चैत २७ गते सम्पन्न हुने परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित आवश्यक तयारी गरिएको उनले बताए।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा केही परीक्षार्थीको सङ्ख्या घटेको हुनसक्ने परीक्षा नियन्त्रक पौडेलले बताए । उनका अनुसार कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अंकप्रयोगात्मकमा ४० अंक ल्याउनैपर्ने बताउँदै एक सय पूर्णांक रहेको विषयमा ३५ र ७५ पूर्णांक रहेको विषयमा २७ अंक ल्याउनैपर्ने जानकारी दिए । 

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ३ : ०४ बजे

अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज

न्युयोर्क– भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा

अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा

मुस्ताङ– कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही– सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते