आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल २८ तारिख। वैशाख कृष्ण पक्षको चौथी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : बोल्दा विवेक पुर्याएर बोल्नु राम्रो हुन्छ। साथीभाइ दाहिना छन्। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र अब्बल छन्। खर्च कटौती गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सुरुवात गरेको काम सफल बन्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नती हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सम्पत्ति अप्ठेरो ठाउँमा पुग्ने भएकाले सचेत भएर कारोबार गर्नु राम्रो हुनेछ।

मिथुन : सोचेको काम बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा गरेका प्रयास सफल देखिन्छन्। धार्मिक मानिसँग भेट हुनेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ।

कर्कट : सामाजिक क्षेत्रमा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी डुब्ने खतरा छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सुरुवात गरेको काम बन्नेछ। प्राप्त उपयुक्त सहयोग लिनु राम्रो हुन्छ। काम गर्नु अगाडि विषय विज्ञसँग सुझाव लिनु आवश्यक हुन्छ। आफैंले निर्णय गर्ने भन्दा आफू भन्दा ठुलाको सल्लाह लिनु उपयुक्त देखिन्छ।

कन्या : अधुरा काम सफल बन्नेछन्। डुब्न लागेको धन उठ्नसक्छ। सोचेको ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दैनिकी राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारले तपाईंको भावना नबुझ्नाले मनमा खटपटी हुनेछ। व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानी भए राम्रो आम्दानी हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

धनु : श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। प्रेम सम्बन्धले परिवारमा उल्लास बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ।

मकर : दिन सामान्य छ। ठुलो काममा भुलेर पनि धान नलगाउनु राम्रो हुन्छ। धेरै नबोल्नु राम्रो हुनेछ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ।

कुम्भ : अपेक्षा गरेका मान्छेबाट सहयोग प्राप्त नहुने देखिन्छ। जुनसुकै काम गर्दा पनि आफू अगाडि नलाग्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग भने राम्रो रहनेछ। उद्योग र व्यापारमा हात नलगाउनु राम्रो हुन्छ।

मीन : घमण्डले आफूलाई समस्यामा पार्ने योग छ। जानकार व्यक्तिलाई सोधेर काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा तनाव हुने देखिन्छ। आज लगानीको क्षेत्रमा हात नहाल्नु राम्रो हुन्छ। धर्मकर्ममा मन जानेछ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ५४ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को