लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा | Khabarhub Khabarhub

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित निकालेको छ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी हुँदै तीन विकेटको क्षतिमा १९९ रन बनाएर सात विकेटको शानदार जित निकालेको हो।

राजस्थानको जितका लागि कप्तान सञ्जु सैमसनले नटआउट ७१ रन बनाए। उनले ३३ बलको सामना गर्दै सात चौका र चार छक्का प्रहार गरे। उसका लागि ध्रुव जुरेललेसमेत नटआउट अर्धशतक बनाए। उनले ३४ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाएका हुन्। जोस बटलर ३४, यशस्वी जैसवाल २४ रनमा आउट हुँदा रियान परागले १४ रन जोडे। लखनउका लागि एस ठाकुर, मार्कस स्टोनिस र अमित मिश्राले एकएक विकेट हात पारे।

सञ्जु सैमसन

सुरुमा ब्याटिङ गरेको लखनउका कप्तान केएल राहुल र दीपक हुड्डाले अर्धशत बनाएका थिए। राहुलले सर्वाधिक ७६ रन बनाए। ४८ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। दीपकले ३१ बलमा सात चौकासहित ५० रन बनाए। निकोलस पुरन ११ रनमा आउट हुँदा आयुष बदोनी १८ र क्रुनाल पाण्ड्या १५ रनमा नटआउट रहे।

राजस्थानका सन्दीप शर्माले सर्वाधिक दुई विकेट लिए भने ट्रेन्ट बोल्ड, आवेश खान र रवि अश्विनले एकएक विकेट हात पारे। यो जितसँगै राजस्थान १६ अंकका साथ शीर्ष स्थानमा छ। लखनउ १० अंकसहित चौथो स्थानमा छ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो ३:४५ बजे गुजरात टाइटन र रोयल च्यालेन्र्ज बैंग्लोरुबिच हुँदैछ। दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबिच साँझ ७:४५ बजे हुनेछ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ५३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य