बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने  | Khabarhub Khabarhub

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज १ बजेपछि सुरु गरिने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हाल दलका प्रतिनिधि र सरोकारवालाको बैठक जारी छ । 

 निर्वाचन कार्यालय सूचना अधिकारी गोरख केसीले भने, ‘१ बजेपछि मतगणना सुरु गर्ने तयारी गरेका छौँ ।’ 

 विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणना ल्याइएको थियो । सो कारण यहाँ मतगणनामा ढिलाइ भएको हो । 

मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने छ । शनिबार भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो ।

बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : २० बजे

क्यानाडाको पश्चिमी प्रान्तको जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर

काठमाडौं– क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जंगलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : ओली

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा

लिम्पियाधुरा, लिपुलेकमा भारतीय विस्तारवाद रोक्न युवा संघ नेपालको माग 

काठमाडौं– सत्ता घटक दल नेकपा एकीकृत समाजवादी निकट युवा संघ

सुदूरपश्चिमका मुख्यमन्त्रीको तर्क – निर्वाचन प्रणालीका कारण प्रदेश बदनाम भयो

नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की एक वर्षको बीचमा

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

पाटन– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक