बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने  « Khabarhub

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज १ बजेपछि सुरु गरिने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हाल दलका प्रतिनिधि र सरोकारवालाको बैठक जारी छ । 

 निर्वाचन कार्यालय सूचना अधिकारी गोरख केसीले भने, ‘१ बजेपछि मतगणना सुरु गर्ने तयारी गरेका छौँ ।’ 

 विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणना ल्याइएको थियो । सो कारण यहाँ मतगणनामा ढिलाइ भएको हो । 

मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने छ । शनिबार भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो ।

बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया