पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए « Khabarhub

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । 

पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ ।  

चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् छ सय ९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटामात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ 

चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु ७१ करोड सात लाख ८४ हजार तीन सय १४  छ । कुल पुँजी एक अर्ब ५७ करोड १८ लाख ६६ हजार तीन सय १२ रहेको छ । चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु तीन अर्ब एक करोड ४५ लाख ८८ हजार नौ सय ३८ रहेको छ ।  

उक्त कार्यालयले चालु आवको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ५९ लाख ८२ हजार चार सय राजस्व संकलन गरेको जनाएको छ । गत आवमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए ।  दर्तामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१  थियो । गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी एक अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२  थियो ।

त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु एक अर्ब २९ करोड ७१ लाख ८२ हजार तीन सय ७५  छ । गत आवमा दर्ता भएका उद्योगको कुल पुँजी रु दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार चार सय २७ छ । 

गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता रु चार अर्ब ३४ करोड ९८ लाख ६१ हजार तीन सय ५५ छ । कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व संकलन गरेको थियो । 

गत आवमा दर्ता भएका उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी दिने आँकलन गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : ५६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया