बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा | Khabarhub Khabarhub

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिति र विकृति अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् ।

आइतबार पार्टीको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगतितर्फ लैजाने जिकिर गरे ।

भ्रष्टाचार, कुशासन र मनपरीतन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब विकल्प खोज्नुपर्नेमा उनले जोड दिए ।

विकल्प भनेको आन्दोलन भएको बताएका थापाले वातावरण तयार गर्न जिल्ला अध्यक्षहरूलाई आग्रह पनि गरे ।

एक्ला-एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको विगतलाई हेरेर समान विचारबीच मोर्चा बनाउने प्रस्तावले मुर्तरुप नलिएकोमा थापाले चिन्ता ब्यक्त गरे ।

तत्काल मोर्चा नबने पनि पार्टीले आन्दोलनको तयारीलाई निरन्तरता दिन थापाले आग्रह गरे। वैकल्पिक विचार र मार्गचित्र राप्रपा नेपालसँग भएकोले पार्टीलाई बलियो शक्ति बनाउन कृयाशील र गतिशील हुनुपर्नेमा थापाले जोड दिए ।

बैठकमा महामन्त्रीद्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठनसम्बन्धी प्रतिवेदन पेश गरेका थिए । जिल्ला अध्यक्षहरूले जिल्लाको सांगठानिक अवस्थाबारे जानकारी गराए।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : १८ बजे

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी

धरान– धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन्

मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग

काठमाडौं- पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् – ‘अब आँखा खोलौं’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले

सरकारले रवैया प्रस्तुत गर्‍यो, कांग्रेस तलमाथि हुने कुरै छैन : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय