इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता | Khabarhub Khabarhub

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


34.5k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक परिणाम आएको छ ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको मतगणनाको आइतबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् ।

खड्कालाई एमालेका सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिम तेस्रो स्थानमा छन् भने रास्वपाका मिलन लिम्बु चौथो स्थानमा छन् ।

मतगणनाको थालनी फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ बाट भइरहेको छ । दुबै वडामा हालसम्म खसेको मतका आधारमा आइतबार दिउँसो ३ बजेसम्म कांग्रेसका डम्बर खड्काले ११५५ मत पाउँदा एमालेका सुहाङले १०७२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्र सुब्बाको मुढा चिन्हमा ३१३ मत खसेको छ । उनी फराकिलो मतान्तरसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका मिलन लिम्बुले २११ मत पाएका छन् ।

यो पनि –

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रका दुई ठाउँमा मतगणना भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलका अनुसार सबैभन्दा पहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर १ बाट मतगणना थालिएको हो । फाकफोकथुमको सकिएपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गरिने छ ।

इलाम २ को उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।

एमाले उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि रिक्त क्षेत्रमा शनिबार उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ०२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस