पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो « Khabarhub

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रौतहट– कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरूले नै आइतबार  खुला गरेका छन् । 

सीडीयो हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतबार बिहान बसेको सर्वपक्षीय बैठकमा भएको सहमति पछि पूर्वाधार विकास कार्यालयको ताला खुला गरिएको थियो ।

नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल कुमार यादव जितेन्द्र अगुवाइमा गएका कांग्रेसका नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयको ताला खोलेका थिए।

उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप रेग्मी, सशस्त्रका एसपी बिक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंहका साथै बिभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहान बसेको सर्वपक्षीय बैठकले एमाले केन्द्रीय सदस्य गुप्ता, कांग्रेस जिल्ला सभापति जितेन्द्र र पूर्वाधार कार्यालयका प्रमुख बिनोद कुमार ठाकुर सहित तीन सदस्यीय समिति गठन गरेको छ।

उक्त समिति मधेश प्रदेश सरकारका वर्तमान भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवसँग वार्ता गरी सहमति अनुसार विकास बजेट सञ्चालन गर्ने निर्णय भएको बैठकमा सहभागी पूर्वाधार कार्यालयका लेखा अधिकृत सुदीप गौतमले जानकारी दिएका छन्।

यस अघि योजनाकै लागी प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयमा गत बुधबार भ्रष्टाचारको आरोप लगाउँदै  तालाबन्दी गरेका थिए।

तालाबन्दीको भोलिपल्ट गत बिहीबार जिल्ला समन्वय समिति सभापती राम अयोध्या यादव लाई ज्ञापनपत्र बुझाउँदै सभापति जितेन्द्रले पूर्वाधार विकास कार्यालयको बेथिति अन्त्य गर्न आग्रह गर्दै आर्थिक वर्ष २०८०-०८१ मा रातो किताबमा रहेका मधेश प्रदेश सरकार मार्फत यस जिल्लामा परेको योजनाहरू पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको योजनाको पत्र दिनु अघि कमिसन लिई रहेको आरोप लगाएका थिए।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : १२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन