९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्।

काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए।

उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उनको भनाइ थियो। नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट भएको प्रधानमन्त्रीको भनाइ छ।

विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको उनले बताए।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरू प्रभावित भएको बताए। जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको उनको भनाइ छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ४० बजे

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

बझाङ– चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र

दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक महिला र

मधेशमा जनमतका सिंहले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

जनकपुरधाम– मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन आज दाबी

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात : ओमान ३९ रनले पराजित

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ।

एकीकृत समाजवादी फुटाएर एमाले ठूलो दल हुन खोज्दैछ : सञ्जय गौतम

२०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको १८ महिनाबीचमा