मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग « Khabarhub

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ हरेक महिना ६० लाख मानिसहरूलाई खाद्यान्न र नगद वितरण गरिरहेको खामा प्रेसले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले प्रेस विज्ञप्तिमार्फत, अफगानिस्तानमा यस वर्ष दुई करोड ३७ लाख मानिसहरूलाई मानवीय सहायताको आवश्यकता पर्ने बताएको छ ।

संयुक्त राष्ट्रको अनुमान अनुसार अफगानिस्तानमा करिब एक करोड ५८ लाख मानिसहरूले खाद्य असुरक्षा संकट र आपतकालीन स्तरहरू अनुभव गर्नेछन् । त्यहाँका मानिसका आधारभूत आवश्यकता पूरा गर्न संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले तीन अर्ब ६० करोड अमेरिकी डलरको बजेट माग गरेको खामा प्रेसले जनाएको छ ।

यसैबीच, पाकिस्तान, इरान र टर्कीजस्ता सीमा जोडिएका छिमेकी देशबाट जबरजस्ती निर्वासनका प्रतिवेदन आएको र यसले मानवीय सङ्कटलाई अझ बढाएको छ ।

अफगानिस्तान केही समयदेखि मानवीय आधारभूत आवश्यकताको संकटसँग जुझिरहेको छ ।

अफगान शरणार्थीहरूले सफा पानी, बस्ने ठाउँ, जागिर र चिकित्सा हेरचाहको अभाव र घर फर्कँदा धेरै आधारभूत अवरोधहरूको सामना गरिरहेका छन् । 

चरम मौसमी अवस्थाका कारण यी शरणार्थीहरू त्यहाँ बाँस बसिरहेका छन् । अफगानिस्तानमा जारी मानवीय प्रकोपलाई ध्यानमा राख्दै स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूले तत्काल मद्दत र समर्थन उपलब्ध गराउनु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : १५ बजे

पात्रो प्रकाशनअघि स्वीकृति लिन पञ्चाङ्ग समितिको निर्देशन

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो

अवैध लागूऔषधसहित मोरङ र सुनसरीबाट छ जना पक्राउ

काठमाडौं– मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन

वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्यांकका विभिन्न

‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ भारतमा

‘टाइगर भर्सेस पठान’ स्थगित, शाहरुख–सलमानको पुनर्मिलन अनिश्चित

काठमाडौं– बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान लाई