छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता « Khabarhub

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको छ ।

अहिले थलारा गाउँपालिकाबाट मत गन्न थालिएको छ । जहाँको वडा नम्बर ९ बाट मत गन्दा एमालेले अग्रता बढाइरहेको छ ।

७ वडा रहेका रहेका उक्त गाउँपालिकाको सबै मत गनिसक्दा नेकपा एमालेका भण्डारी बलियो देखिएका हुन् ।

बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार आइतबार साँझसम्म छबिसपाथिभेराका सबै ७ वटा वडा र थलारा गाउँपालिका वडा नम्बर ९ को मत गनेर सकिएको छ ।

यस्तो अवस्थामा एमालेका भण्डारी २ हजार ८७ मतसहित अग्र स्थानमा छन् । उनले नेकपा माओवादी केन्द्रका जनक बुढाभन्दा ७१४ मत धेरै ल्याएका छन् ।

छबिसपाथीभेरा एकीकृत समाजवादी नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको गृह पालिका पनि हो । उनी उक्त पालिकाको वडा नम्बर ४ का बासिन्दा पनि हुन् ।

यो पालिकाको मत गनिसक्दा समाजवादी दिलबहादुर सिंहले ८५५ मत ल्याएका छन् ।

साँझ ६ बजेसम्मको मतपरिणाम
दमनबहादुर भण्डारी (एमाले) : २०८७
जनक बुढा (नेकपा माओवादी केन्द्र) : १३७३
अभिषेक बहादुर सिंह (नेपाली कांग्रेस ) : १२८९
दिलबहादुर सिंह (एकीकृत समाजवादी) : ८५५

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ४३ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ