हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ « Khabarhub

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौं सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

उनले सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी कुहु घर भएकी २३ वर्षीया सुनमाया किसानको हत्या गरेका थिए। सुनमायाले मोबाइलमा ठूलो स्वरले कुरा गरेको विषयमा विवाद भएपछि झगडा हुँदा समर बहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताए।

बैशाख १६ गते काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समर बहादुरलाई कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।  

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ४३ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको