इलाममा खोई माओवादीको भोट ? « Khabarhub

इलाममा खोई माओवादीको भोट ?


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेर आफ्नो उम्मेदवार नै उठाएको थिएन । तर, आइतबार फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहँदा माओवादीको भोट एमालेमा ‘ट्रान्सफर’ भएको देखिएन । माओवादीको भोट ट्रान्सफर नहुँदा सुरुवाती चरणमा कांग्रेसले अग्रता पायो ।

प्रमाणका लागि फाकफोकथुम वडा नम्बर १ को नतिजा हेरौं ।

गत स्थानीय चुनावमा वडा नम्बर १ मा कांग्रेस र माओवादीका बेग्लाबेग्लै उम्मेदवार थिए । कांग्रेसका वडाध्यक्ष कर्णबहादुर लिम्बुले एक्लै ८०४ भोट ल्याएर जितेका थिए । यहाँ माओवादीका भोजबहादुर बोहोराले २२६ मत ल्याएका थिए । एमालेका बेगबहादुर निरौलाले ४७७ मत पाएका थिए ।

उपचुनावमा वडा नम्बर १ बाट एमाले र माओवादी मिल्दा यहाँ ७ सयको हाराहारीमा मत खस्नुपर्ने हो । तर, सुहाङले ५३४ मत मात्रै पाएका छन् । कांग्रेसको मत पनि ८ सय बाट घटेर ६५७ मा झरेको छ । एमालेको भागमा विगतको भन्दा ६७ मत मात्रै थपिएको छ । यसले प्रश्न जन्माएको छ– आखिर कहाँ गयो माओवादीको २२६ मत ?

स्थानीय चुनावमा वडा नम्बर २ मा कांग्रेस र माओवादी मिल्दा ७१४ मत आएको थियो । एमालेले एक्लै ७०७ मत ल्याएको थियो । तर, अहिलेको उपचुनावमा यो वडामा एमालेको मत ७ सयबाट घटेर ५२९ मा खुम्चिएको छ । माओवादीले सघाउँदा मत बढ्नुपर्ने उल्टो पहिलेको भन्दा घटेको छ । यो वडामा त माओवादीले एमालेलाई भोटै दिएको देखिएन । कांग्रेसले पहिले माओवादीसँग मिल्दा ७ सय ल्याएको थियो, अहिले ४८८ मा झरेको छ । यो वडामा पनि प्रश्न उब्जेको छ- कहाँ गयो माओवादीको मत ?

फाकफोकथुम वडा नम्बर २ बाट पूर्वमाओवादीसमेत रहेका मिलन लिम्बु (रास्वपा)को पक्षमा ९४ मत खसेको छ भने स्वतन्त्र मुढामा १२४ मत परेको छ । कतै माओवादीको मत एमालेमा नपरेर त्यता खसेको त होइन ? प्रश्न गर्ने ठाउँ छ ।
अब वडा नम्बर ३ को माओवादी मत हेरौं ।

गत स्थानीय चुनावमा फाकफोकथुम वडा नम्बर ३ मा एमालेले एक्लै  जितेको थियो । यहाँ एमालेका दिपेन्द्र लिम्बुले एक्लै ७५८ मत ल्याएका थिए । कांग्रेसका उपेन्द्र पौडेलले एक्लै ६७२ मत ल्याएको थियो । माओवादीका ठटबहादुर राईले वडाध्यक्षमा २९ मत ल्याएका थिए ।

अहिले उपचुनावमा माओवादीले सघाएका बेला सुहाङले स्थानीय चुनावमा एमालेले एक्लै पाएको भन्दा कम मत बटुलेका छन् । यहाँ सुहाङको पक्षमा ५५८ मत मात्र परेको छ । जबकि स्थानीय चुनावमा एमालेले एक्लै ७५८ मत पाएको थियो । माओवादीको २९ मत थपिनुपर्नेमा एमालेले यस वडाबाट २ सय मत गुमाएको छ ।

हुन त वडा नम्बर ३ मा कांग्रेसको मत पनि ६७३ बाट घटेर ५०३ मा खुम्चिएको छ । नयाँ भनिएका मुढा र घण्टीले यस वडाबाट क्रमशः ११७ र ९७ मत लगेका छन् । प्रश्न त यो वडामा पनि उही नै छ- खोई माओवादीको मत ? सुहाङले किन पाएनन् माओवादीको भोट ?

फाकफोकथुमका तीनवटा वडामा मतगणना सकिँदा माओवादीको भोट एमालेमा ट्रान्सफर भएको भए सुहाङले सहजै अग्रता दिनुपर्ने हो । तर, एमालेले अपेक्षित नतिजा पाउन सकेन । तथापि, साँझ पर्दै गएपछि बल्ल सुहाङले कांग्रेसलाई पछि पार्दै अग्रता लिएका छन् ।

वडा नम्बर ४ ले सुहाङलाई अग्रता दिलाएको हो । यो वडाबाट सुहाङले ९१२ मत पाउँदा कांग्रेसका डम्बर खड्काले ५३९ मत मात्र पाए । यस वडामा मुढाले १६३ र घण्टीले ७१ मत पाए ।

यो वडामा भने एमालेले शानदार फिलता पाएको छ । गत स्थानीय चुनावमा यो वडामा नेपाली कांग्रेसले १०१९ मतका साथ जित हात पारेको थियो भने एमाले ८६८ मात्र पाएको थियो । अहिले यहाँबाट सुहाङले झण्डै ४ सय मतले अग्रता लिएका छन् । यो वडामा माओवादीको मत कति थियो भन्ने स्पष्ट छैन । किनभने स्गानीय चुनावमा यस वडामा माओवादीको कुनै अस्थित्व देखिएको थिएन ।

आखिर माओवादीको भोट अपेक्षितरुपमा सुहाङ नेम्वाङमा किन ट्रान्सफर हुन सकेन ? यो प्रश्न एकातिर छँदैछ, अर्कोतर्फ आगामी दिनमा देशको राजनीतिमा माओवादी पार्टीकै भूमिका के होला भन्ने प्रश्न पनि यो उपचुनावले जन्माएको छ ।

केन्द्रमा गठबन्धन गरे पनि रास्वपाले आफ्नै उम्मेदवार खडा गरेर मतदातालाई भोट हाल्ने ठाउँ दिनुका साथै आफ्नो दलको स्वतन्त्र पहिचान रक्षा गरेको छ । एकीकृत समाजवादीले पनि थोरै नै मत आए पनि उम्मेदवार खडा गरेको छ ।

तर, सरकारको नेतृत्व गरिरहेको माओवादीले भने न आफ्नो उम्मेवारी दिन सक्यो, न त गठबन्धनप्रतिको इमान्दारिता नै निभाउन सक्यो । यसले भविष्यमा माओवादीको अस्थित्वमाथि नै प्रश्न उब्जाउने संकेत फमफोकथुमले दिएको छ ।

यो पनि- 

फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : २५ बजे

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६