सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास « Khabarhub

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।

कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यही वैशाख १७ गतेदेखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिहरुका लागि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र सो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ ।

ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’ गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ । परीक्षणपश्चात् सिंहदरबारभित्र रहेका सबै मन्त्रालय÷निकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ५६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने