आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा « Khabarhub

आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– आज विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

विसं २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए ।

अन्ततस् तत्कालीन राजा ज्ञानेन्द्र शाह आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य भए ।

विसं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो ।

उक्त बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो ।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।

 

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ६ : १८ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको