आगामी आर्थिक वर्षमा प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब « Khabarhub

आगामी आर्थिक वर्षमा प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिने बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिने व्यवस्था मिलाएको बताएका हुन् ।

‘राष्ट्रिय प्रकृतिक तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिने व्यवस्था मिलाएको छु,’ मन्त्री पुनले भने ।

उनले प्रदेशको लागि २५ अर्ब ८४ करोड र स्थानीय तहको लागि २ खर्ब ८ अर्ब ८८ करोड सशर्त अनुदानका लागि रकम विनियोजन गरिएको पनि बताए ।

‘सशर्त अनुदान प्रदेशको लागि २५ अर्ब ८४ करोड र स्थानीय तहको लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा २ खर्ब ३४ अर्ब ७३ करोड हस्तान्तरणका लागि विनियोजन गरेको छु,’ पुनले भने ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको