आगामी वर्ष ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ चलाइने | Khabarhub Khabarhub

आगामी वर्ष ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ चलाइने


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गरिने बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले ‘विदेशको आम्दानी, स्वदेशको लगानी’ अन्तरगत गैरआवासिय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमीसँग जोड्न ‘जन्मस्थलमा गैरआवासिय नेपाली अभियान’ सञ्चालन गरिने बताएका हुन् ।

उनले भने, ‘विदेशको आम्दानी, स्वदेशको लगानीअन्तरगत गैरआवासीय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्न जन्मस्थलमा गैरआवासिय नेपाली अभियान सञ्चालन गरिने छ ।’

मन्त्री पुनले गैरआवासीय नेपालीद्वारा स्थापित ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को उपयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने पनि बताए ।

उनले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको भूगोल, कला र संस्कृतिसँग परिचित हुन पुर्ख्यौली थलोमा भ्रमण गर्न आह्वानसमेत गरे ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ०२ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार