अल्लोबाट बनेको छ अर्थमन्त्रीले बोकेको बजेट पुस्तिकाको ‘ब्रिफकेस’ « Khabarhub

अल्लोबाट बनेको छ अर्थमन्त्रीले बोकेको बजेट पुस्तिकाको ‘ब्रिफकेस’


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पुस्तिका बोक्न स्थानीय उत्पादनबाट बनेको ब्रिफकेस प्रयोग गरेका छन् ।

यसअघिका बजेट प्रस्तुतिका बोक्ने क्रममा छालाबाट बनेको बलियो ब्रिफकेस प्रयोग गरिने गरिएको थियो ।

तर स्थानीय उत्पादनलाई प्राथमिकता दिने सरकारको  नीतिअनुसार मन्त्री पुनले बजेट पुस्तिका बोक्न अल्लोबाट बनेको ब्रिफकेस प्रयोग गरेका उनका प्रेस सल्लाहकार दयानीधि भट्टले जानकारी दिए ।

पहिले रातो या कालो ब्रिफकेस प्रयोग हुने गरेको थियो । तर पुनले यस पटक अल्लोबाट बनेको सेतो रंगको ब्रिफकेस उपयोग गरेका हुन् ।

नेपालमा बजेटको चलन आएदेखि पश्चिमी शैलीको ‘बजेट ब्रिफकेस’ बोक्ने गरिएको थियो । तर त्यो परम्परा तोड्दै पुनले स्वदेशी सीप र स्थानीय स्रोतसाधनले बनेको अल्लो अल्लोबाट बनेको झोलालाई ब्रिफकेसका रुपमा प्रयोग गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ३१ बजे

यूएईविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै

वालिङ– विद्यालय बिदाको समयलाई सदुपयोग गर्दै यहाँका बालबालिकालाई सारङ्गी बजाउन

यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट, १३ रन बनाएका अर्जुन साउद आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

यूएईविरुद्ध टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं- यूएईविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत सोमबार नेपालले टस जितेर पहिले

गण्डकी गोपाल गौशालामा थपिए पूर्वाधार

पर्वत– जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय