रास्वपाले डीपीको ठाउँमा कसैलाई बनाएन उपसभापति, नयाँ सदस्य थपिँदा यस्तो बन्यो सचिवालय « Khabarhub

रास्वपाले डीपीको ठाउँमा कसैलाई बनाएन उपसभापति, नयाँ सदस्य थपिँदा यस्तो बन्यो सचिवालय


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल (डीपी)को ठाउँमा कसैलाई पनि उपसभापति बनाएन ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता बालेन्द्र शाहका सहयोगी भूपदेव शाहलाई महामन्त्री बनाउँदा डीपी सभामुख बनेपछि रिक्त स्थानमा कसैलाई नलगिएको हो ।

डीपी अहिले प्रतिनिधि सभाको सभामुख बनेर पार्टीको जिम्मेवारीबाट अलग भइसकेका छन् । यस्तोमा तेस्रो वरीयतासमेत रहेको उपसभापति पद खाली छ।

उक्त पदबारेमा केन्द्रीय समिति बैठकले कुनै निर्णय नगरेको हो । त्यस पदबारेमा केन्द्रीय समिति बैठकमा केही नेताहरूले जिज्ञासा राखे नेतृत्वले टुङ्ग्याउन अनिच्छा देखाएको हो ।

बैठकले बालेननिकट नेता भूपदेवलाई महामन्त्री बनाउँदा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य पदमा मनोनीत गरेको छ।

तर पार्टीको तर्फबाट स्वर्णिम वाग्ले मात्रै उपसभापति भएको जानकारी पार्टीका प्रवक्ता मनिष झाले गराए । उपसभापति पद खाली हुँदा र भूपदेव महामन्त्रीमा मनोनीत हुँदा रास्वपा सचिवालयले पनि नयाँ स्वरुप लिएको छ।

यस्तो बन्यो सचिवालय

रवि लामिछाने- सभापति

स्वर्णिम वाग्ले- उप सभापति

कविन्द्र वुर्लाकोटी- महामन्त्री

भुपदेव साह- महामन्त्री

विपिन आचार्य- सहमहामन्त्री

लिमा अधिकारी- कोषाध्यक्ष

वसुमाया तामाङ- सह-कोषाध्यक्ष्य

मनिष झा- प्रवक्ता

गणेश पराजुली- सचिवालय सदस्य

दीपक बोहरा- सचिवालय सदस्य

विराजभक्त श्रेष्ठ- सचिवालय सदस्य

शिशिर खनाल- सचिवालय सदस्य

सोबिता गौतम- सचिवालय सदस्य

हरि ढकाल- सचिवालय सदस्य

सागर ढकाल- सचिवालय सदस्य

सरिताश्री ज्ञवाली- सचिवालय सदस्य

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : ३१ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक