मापसे कारबाहीमा पर्नेले अब ट्राफिक व्यवस्थापनमा खटिनुपर्ने « Khabarhub

मापसे कारबाहीमा पर्नेले अब ट्राफिक व्यवस्थापनमा खटिनुपर्ने

महिनावारी हुँदाका चार दिन महिला ट्राफिकलाई आराम


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर अनौठो नियमको सुरुवात गरेका छन् ।

गणतन्त्र दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले ‘एउटा सानो प्रयास’ नाम दिएर अनौठो नियम ल्याएका हुन् ।

उनले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका हुन् ।

उनले महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिएपछि त्यसको विकल्पमा मापसेमा परेकाहरूलाई खटाउने योजना ल्याएका हुन्।

‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन’, उनले भनेका छन्, ‘मादक पदार्थ सेवनपछि सवारी चलाउँदा कारबाहीमा परेकाहरू लगायत ट्राफिक नियमको उलंघन गर्नेले स्वयमसेवकका रुपमा महिला ट्राफिक प्रहरीको साटो सडकमा सघाउनु हुनेछ।’

तर लामिछानेले यो नियम कुन तहको निर्णयबाट लागु गरिएको भन्ने खुलाएका छैनन् । गृहमन्त्रीस्तरीय या मन्त्रिपरिषद्‍ तथा अन्य निकाय कहाँबाट यो नियम पारित गरिएको उनले जानकारी दिएका छैनन् ।

यदि यो निर्णय उनको व्यक्तिगत भएमा उनी गृहबाट हट्नेबित्तिकै निरन्तरता पाउन नसक्ने अवस्था हुन सक्छ । नीतिगत निर्णय भएको अवस्थामा उनले लगाएको यो नियम दीर्घकालीन हुन सक्छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ६ : ५६ बजे

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश