मापसे कारबाहीमा पर्नेले अब ट्राफिक व्यवस्थापनमा खटिनुपर्ने « Khabarhub

मापसे कारबाहीमा पर्नेले अब ट्राफिक व्यवस्थापनमा खटिनुपर्ने

महिनावारी हुँदाका चार दिन महिला ट्राफिकलाई आराम


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर अनौठो नियमको सुरुवात गरेका छन् ।

गणतन्त्र दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले ‘एउटा सानो प्रयास’ नाम दिएर अनौठो नियम ल्याएका हुन् ।

उनले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका हुन् ।

उनले महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिएपछि त्यसको विकल्पमा मापसेमा परेकाहरूलाई खटाउने योजना ल्याएका हुन्।

‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन’, उनले भनेका छन्, ‘मादक पदार्थ सेवनपछि सवारी चलाउँदा कारबाहीमा परेकाहरू लगायत ट्राफिक नियमको उलंघन गर्नेले स्वयमसेवकका रुपमा महिला ट्राफिक प्रहरीको साटो सडकमा सघाउनु हुनेछ।’

तर लामिछानेले यो नियम कुन तहको निर्णयबाट लागु गरिएको भन्ने खुलाएका छैनन् । गृहमन्त्रीस्तरीय या मन्त्रिपरिषद्‍ तथा अन्य निकाय कहाँबाट यो नियम पारित गरिएको उनले जानकारी दिएका छैनन् ।

यदि यो निर्णय उनको व्यक्तिगत भएमा उनी गृहबाट हट्नेबित्तिकै निरन्तरता पाउन नसक्ने अवस्था हुन सक्छ । नीतिगत निर्णय भएको अवस्थामा उनले लगाएको यो नियम दीर्घकालीन हुन सक्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : ५६ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज