रेमल चक्रवातले भारी वर्षा गराउँदा मिजोरममा पहिरो, २७ को मृत्यु | Khabarhub Khabarhub

रेमल चक्रवातले भारी वर्षा गराउँदा मिजोरममा पहिरो, २७ को मृत्यु


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बंगालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा उत्तरपूर्वी भारतस्थित मिजोरम राज्यमा ३७ जनाले ज्यान गुमाएका छन् ।

मिजोरमको राजधानी आइजोलमा भारी वर्षा भएपछि पहिरो गएको थियो । सोही पहिरोमा पुरिएर तीन दर्जनभन्दा बढी मानिसको ज्यान गएको हो ।

मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्ति समेत बन्द भएको छ । आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ ।

मृतकका परिवारलाई ४/४ लाख भारुका दरले राहत उपलब्ध गराइने त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका अधिकांश स्थानमा बिजुलीको पोल र रुखसमेत उखेलिएका छन्‌ । बङ्गालको खाडीमा विकसित भएको न्यून-चापीय प्रणाली जेठ १२ गते साँझ शक्तिशाली चक्रवातमा परिणत भएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ११ : ०० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको