आज २०८१ साल असार १४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल असार १४ गते शुक्रबारको राशिफल


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १४ गते शुक्रबार तदनुसार सन् २०२४ जुन २८ तारिख। असार कृष्ण पक्षको सप्तमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : प्रतिस्पर्धामा विजयी बन्ने योग छ। मन खुशी हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। रोजगारीको अवसर मिल्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

वृष : आफ्नो काम आफै गर्नुपर्ने देखिन्छ। खर्च बढ्ने योग छ। अरुलाई विश्वास गर्नु धोखा हुनेछ। धर्मममा मन जानेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : राम्रो कामको सुरुवात हुनेछ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। भौतिक सुख र सुविधाले दिन रमाइलोसँग बित्नेछ।

कर्कट : लामो समयदेखि रोकिएका काम अगाडि बढ्नेछन्। आफ्ना भन्नेसँगै जोगिएर काम गर्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। तपाईंको प्रशंसा हुनेछ। सामाजिक सेवामा सम्मान प्राप्त हुने योग छ। लामो समय रोकिएको वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिलनेछ। प्रेम सम्बन्धलाई सचेत भएर अगाडि बढाउनु राम्रो हुन्छ।

कन्या : सामान हराउने जोखिम देखिन्छ। मन दुःखी हुनेछ। आँटेको काम सचेत भएर गर्नुपर्ने दिन छ। लगानी गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

तुला : मिठो खान पाइने छ। आफ्नो रुचि अनुसारको काम गरेमा सफलता मिल्नेछ। शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

वृश्चिक : प्रतिष्ठा बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने योग छ। खुट्टा तान्ने र कुरा काट्नेहरु सक्रिय छन्। उनीहरुबाट जोगिएर काम गर्दा सफलता मिल्नेछ। अचानक रोग बढ्ने जोखिम छ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ।

धनु : नयाँ कामको थालनी हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परोपकार गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। गलत संगतले मन भारी हुनेछ। हरेक क्षेत्रमा गरेको लगानीबाट घाटा सहनु पर्ने देखिन्छ। विदेशमा गरेको लगानीले फाइदा दिनेछ।

कुम्भ : प्रेमिकाको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। आफ्नो बोलीले आफै अफ्ठेरोमा पर्ने हुनसक्छ। आज हरेक क्षेत्रमा विवाद हुनसक्छ। परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन : न्याय क्षेत्रमा सफलता मिल्नेछ। अचानक धन खर्च हुने योग छ। खर्च गर्ने क्षेत्रमा सचेत हुनुपर्ने देखिन्छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : २३ बजे

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य