टिवानको टोली थाइल्याण्ड प्रस्थान « Khabarhub

टिवानको टोली थाइल्याण्ड प्रस्थान


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ ।

टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

टिवान अध्यक्ष आचार्यले कम्बोडियामासमेत पर्यटन प्रवर्द्धनका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बताए। सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा त्यो पूरा गर्न यस्ता भ्रमणले सहयोग पुग्ने उनको विश्वास छ ।

टिवानले हाल काठमाडौँदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गराउँदै आएको छ । नेपालको काँकरभिट्टा नाकादेखि थाइल्याण्डको बैंककसम्म तीन हजार तीन सय ७७ किलोमिटर दूरी रहेको छ । 

थाइल्याण्डको बैंककबाट नेपाल आउनका लागि वर्मा, बंगलादेश, भारत हुँदै काँकरभिट्टा नाकाबाट नेपाल आउन सकिन्छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ११ : १३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या