इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान जारी « Khabarhub

इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान जारी


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवंगत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानैदेखि मतदान सुरू भएको छ ।

 स्थानीय समयअनुसार बिहान ८:०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदान केन्द्रहरू १० घण्टाका लागि खुला रहनेछन्, यद्यपि अधिकारीहरूले विगतका चुनावहरूमा जस्तै मतदाताको चाप हेरेर मतदानको समय बढाउन सक्नेछन् ।

शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ । मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् । 

सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान विभाजित कन्जरभेटिभ खेमाविरूद्ध सशक्त देखिएका छन् । उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले उनलाई सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्व आणविक वार्ताकार सइद जलिलीको प्रभुत्व रहेको कन्जरभेटिभको क्षेत्रविरुद्ध लड्न अनुमति दिएको थियो।

तेहरानका मेजर अलिरेजा जकानीरईसीका पूर्व उपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमीले पनि कट्टरपन्थी संगठनबाट राजीनामा दिएपछि धर्मगुरु मुस्तफा पोरमोहम्मदी पनि विवादमा तानिएका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १२ : ३२ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी