डा. गोविन्द केसीको अनशन स्थगित « Khabarhub

डा. गोविन्द केसीको अनशन स्थगित


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. गोविन्द केसीले पूर्वनिर्धारित अनशन स्थगित गरेका छन् ।

आज शुक्रबार पत्रकार सम्मेलन गरी उनले शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको र अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका हुन् ।

‘सुभेच्छुकहरुको सल्लाह अनुसार सत्याग्रह आपततस् स्थगन गरि अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने कुरा जानकारी गराउन चाहन्छौं । ती मागहरु यथावत छन् । सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुनेछौँ भन्ने चेतावनी पनि दिन चाहन्छौं’ उनले भनेका छन् ।

दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै उनले न्यायाधीशद्वय डा.कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै आएका छन् ।

न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेको उनको आरोप छ । डा.केसीले मागहरु यथावत राख्दै अनशन स्थगित गरिएको बताएका हुन् ।

 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया