युवालाई कृषिमा आकर्षित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा « Khabarhub

युवालाई कृषिमा आकर्षित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताएका छन् ।

फोर एच नेपाल नामक संस्थाद्वारा शुक्रबार  आयोजित तेस्रो कृषि युवा नेतृत्व विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्छ भने ।

उनले भने, ‘रोजगारी र उच्च शिक्षाको बहानामा नेपालीहरू विदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार र सांसद लाग्न जरुरी छ ।’ युवालाई कृषि क्षेत्रमा जोड्न सके खाद्यमा परनिर्भरता हट्ने उनले बताए ।

हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रका लागि आवश्यक युवा शक्ति विदेश पलायन हुनु देशका लागि सुखद नभएको उनको भनाइ थियो । नयाँ सोच र नयाँ प्रतिबद्धताको आवश्यकता अहिलेको समाजमा रहेको उनले बताए ।

राज्यले पूरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्त्व दिँदै युवालाई स्वदेशमा नै लगाउनुपर्ने उनले बताए । उनले भने, ‘यो देशमा केही हुँदैन भनेर विदेशिन चाहने युवालाई यही कर्म गर्ने वातावरण बनाउन जरुरी रहेको छ ।’ कृषिमा आधारित हाम्रो समाज, अर्थतन्त्र र उद्योगबाट नै अग्रमनको खाका तयार हुने उनको भनाइ थियो ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, द एसिया फाउण्डेसनका वातावरण अधिकृत सविना लामाले जलवायु परिवर्तनले समाजमा परेको असर रोक्नका लागि सबै एक भएर लाग्नुपर्ने बताए।

जलवायु परिवर्तनले कृषि क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको जनाउँदै उनीहरूले कृषिलाई आधुनिकीकरण गर्दै युवाहरूको भूमिकालाई बढाउन आवश्यक रहेको बताए । राज्यका नीति तथा कार्यक्रम युवा लक्षित बनाउँदै लैजान उनीहरूले सुझावसमेत दिए ।
समिटमा कृषि क्षेत्रमा काम गर्ने एक सय बढी युवाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ४९ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित