मेयर बालेन र वडाअध्यक्षको विवादबीच सुनिताले स्थगित गरिन् पोर्चुगल भ्रमण | Khabarhub Khabarhub

मेयर बालेन र वडाअध्यक्षको विवादबीच सुनिताले स्थगित गरिन् पोर्चुगल भ्रमण


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत असार १० गतेको नगरसभामा मेयर बालेन्द्र शाह र वडाअध्यक्ष तथा अन्य सदस्यहरूबीच चर्काचर्की भएपछि उपमेयर सुनिता डंगोलले परिस्थिति सम्हाल्ने कोसिस गरिन् ।

नगरसभामा मेयर बालेन्द्रलाई वडाअध्यक्षहरूले घेरेपछि उपमेयर डंगोलले दुवै पक्षलाई संयम हुन अपिल गरिन् । उनले मेयर बालेन्द्र र नगरसभाका सदस्यहरूलाई सिंहदरबार र महानगर कार्यालय जलाउने भनेर दिएको अभिव्यक्ति गतल भएको बताउँदै त्यस्ता अराजक कुरा नगर्न पनि सुझाइन् ।

उक्त नगरसभामा मेयर बालेन्द्रले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा वडाअध्यक्षहरूले २८ बुँदे संशोधन प्रस्ताव हाले ।

उक्त संशोधन प्रस्तावलाई यथाशक्य मिलाएर संशोधन गरेर लैजाने वचन बालेन्द्रले दिए । तर वडाअध्यक्षहरूले आफूहरूसँग सल्लाह नगरी ल्याएको उक्त कार्यक्रमबारे दिइएका मौखिक सुझाव पनि संशोधनमा समावेश हुनुपर्ने अडान राखे ।

मेयर बालेन्द्रले संसद्‍मा जस्तै प्रतिपक्षीकै शैलीमा वडाअध्यक्ष र अन्य नगरसभा सदस्यहरूको घेराबन्दी खेप्नुपर्दा परिस्थित असहज हुने अनुमान थियो । असार १० विवाद छताछुल्ल भएपछि शुक्रबारका लागि बोलाइएको नगरसभा बैठक बस्नै सकेन ।

वडाअध्यक्ष र मेयरबीचको विवाद लम्बिने छाँटसँगै नीति तथा कार्यक्रम पनि पास गर्ने गरी शुक्रबारका लागि नगरसभा डाकिएको थियो । तर, उक्त नगरसभामा मेयर बालेन्द्र उपस्थित नै भएनन् । वडाअध्यक्षहरू तीन घण्टा बसेपछि बाहिरिए ।

शुक्रबार पनि बालेन्द्रले राजनीतिक दलहरूलाई नै लाञ्छित गर्दै बजेट छुट्याउन नमानेपछि वडाअध्यक्षहरूले निहुँ खोजेको कुरा फेसबुकमा लेखे । उनको यो फेसबुकको स्टाटसपछि वडाअध्यक्षहरूसँगको दूरी झनै बढ्ने अनुमान गरिएको छ ।

काठमाडौं महानगर वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले मेयर साह नगरसभा बैठकमा सहभागी हुनै नआएको जानकारी खबरहबलाई दिए ।

‘मेयर सा’व नगरसभा बैठकमै आउनु भएन । हामी उहाँलाई कुरिरहेका थियौँ’, उनले भने, ‘मेयर नै बैठकमा नआएपछि बैठक बस्न सकेन ।’

यसअघि असार २ मा पनि उनले सामाजिक सञ्जालमा लेख्दै तीन जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका थिए ।

त्यसको भोलिपल्ट उनी ब्राजिल उडेका थिए । त्यसबेला उनले वडाअध्यक्षहरूलाई दोष देखाएको आक्रोश असार १० को नगरसभामा पोखिएको थियो ।

असार १० गतेको बैठकमा नीति तथा कार्यक्रम नै पास हुन सकेन । त्यही पास गराउनका लागि शुक्रबार बैठक राखियो तर मेयर शाह आफैँ उपस्थित भएनन् । उनले शुक्रबार पनि वडाअध्यक्ष र नगर सभा सदस्यहरूलाई आरोपित गर्दै सामाजिक सञ्जालमा कडा धारणा राखेका छन् ।

सुनिताले रद्द गरिन् पोर्चुगल भ्रमण

वडाअध्यक्ष र मेयरबीचको विवाद सतहमा आइसकेपछि गत असार १० गते नै त्यसलाई रोक्ने कोसिस गरेकी उपमेयर सुनिता डंगोल शनिबार पोर्चुगल जाने तयारीमा थिइन् ।

दुवै पक्षलाई संम्यमता अपनाउन आग्रह गरेर संवादमार्फत समाधानको पहल गरिरहेकी उनले नगरसभा बैठकलाई लक्षित गर्दै पोर्चुगल भ्रमण रद्द गरिसकेकी छन् ।

‘नगरसभामा समस्या आउने देखिएपछि उपमेयर डंगोलले पोर्चुगल भ्रमण रद्द गरिसक्नु भएको छ । शनिबार उहाँ त्यता जाने कार्यक्रम थियो’, उनको सचिवालयका एक सदस्यले भने, ‘मेयर र वडाअध्यक्षबीचको द्वन्द्वले आगामी वर्षको नीति तथा कार्यक्रम पास नहुने चिन्ताबीच उहाँ रोकिनु भएको हो ।’

महानगरपालिका स्रोतका अुनसार उपप्रमुख सुनिता डंगोल शनिबार पोर्चुगल जाने कार्यक्रम शुक्रबार रद्द गरेर नगरसभामा सहभागी हुन गएकी थिइन् । तर मेयर शाह उपस्थित नभएपछि नगरसभा बस्नै सकेन ।

यदि डंगोल पोर्चुगल उडेको अवस्थामा नगरसभा बस्ने सम्भावना कम थियो । तर उनले भ्रमण रोकेर नगर सभा अघि बढाउन खोजे पनि आझको बैठक बस्नै सकेन । मेयर शाहले बैठक बोलाएपछि अधिकांश नगर सदस्यहरू राष्ट्रिय सभा गृह पुगेका थिए । तर, तीन घण्टा कुर्दा पनि साह आएनन्, त्यसपछि उनले दलहरूप्रति कडा टिप्पणीसहित लेख्दै नगरसभा बस्न नसकेको फेसबुकमा लेखे ।

उता सुनिताको सचिवालयले नगरसभा जस्तो गम्भीर बैठक रोकिन नदिन आफू पोर्चुगल भ्रमण स्थगितको निर्णयमा पुगेको बताएकी छन् ।

‘आफ्ना कारण नगरसभा स्थगित हुन नदिन, नीति, कार्यक्रम र बजेटमाथिको महत्वपूर्ण छलफल छाडेर विदेश भ्रमण गर्नु उचित नहुने भन्दै उहाँ भ्रमण स्थगित गरिसक्नु भएको थियो’, उनको सचिवालयका ती सदस्यले भने, ‘उहाँले भ्रमण स्थगित गरे पनि मेयर र वडाअध्यक्षहरूको विवाद नमिल्दा नगरसभा बस्न सकेन । आजै पनि मेयरले वडाअध्यक्षहरूलाई आक्षेप लगाउँदै सामाजिक सञ्जालमा लेखेपछि विवाद मिल्ने सम्भावना कमजोर भएको छ।’

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ५७ बजे

मनसुन अलर्ट : आज राति केही प्रदेशमा भारी वर्षा सम्भावना

काठमाडौं– आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई

‘इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो’

एजेन्सी– इजराइली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा गत अक्टोबरदेखि 

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोलसहित पक्राउ

बारा– रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग

यस्ता छन्‌ एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय

काठमाडौं– नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस-एमालेबीच केपी शर्मा ओली नेतृत्वमा

भारतको यूपीमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १०० नाघ्यो

एजेन्सी– भारतको उत्तर प्रदेश (यूपी)मा सत्सङ्ग चलिरहँदा मच्चिएको भागदौडमा परेर