एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवस मनायो | Khabarhub Khabarhub

एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवस मनायो


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकले एमएसएमई दिवस मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।

कार्यक्रममा बैंकका विभिन्न शाखाहरूका ८०० भन्दा बढी ग्राहकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एमएसएमईका ग्राहकलाई लेखा, वित्त, मार्केटिङ, डिजिटलाईजेशन जस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो ।

यस कार्यक्रममा उपस्थित ग्राहकहरू बिच एक आपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रवर्धन गर्नको लागि बैंकले सहजीकरण गर्दै ग्राहकहरूलाई उनीहरूको व्यवसायमा आई परेको विभिन्न समस्याहरू समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलतका कथाहरू समेत सुनाएका थिए ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको बैंकले, एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आइरहेको छ ।

यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई सशक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ५५ बजे

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार

शिक्षासहित संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल