युवा संघले सुरु गर्‍यो एक महिने वृक्षारोपण अभियान | Khabarhub Khabarhub

युवा संघले सुरु गर्‍यो एक महिने वृक्षारोपण अभियान


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले निकट भातृसंगठन युवासंघले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्मजयन्तीको उपलक्ष्यमा वृक्षारोपण अभियान शुरु गरेको छ ।

‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको’ नारासहित शुरु गरिएको अभियान एक महिनासम्म चल्ने छ । शुक्रबार एक कार्यक्रमकाबीच ललितपुरको पोखरीटार पार्कबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् ।

कार्यक्रममा युवासंघका अध्यक्ष क्षितिज थेवेको आथित्यता रहेको थियो। सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिए।

सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उनले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गरे । उनले युवा सङ्घका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँचवटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताए ।

एक महिने वृक्षारोपण अभियानले ७७ जिल्लामै वृक्षारोपण गर्ने जानकारी युवासंघका सचिव निरोज पौडेलले दिए।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ९ : ४१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’