युवा संघले सुरु गर्‍यो एक महिने वृक्षारोपण अभियान « Khabarhub

युवा संघले सुरु गर्‍यो एक महिने वृक्षारोपण अभियान


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले निकट भातृसंगठन युवासंघले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्मजयन्तीको उपलक्ष्यमा वृक्षारोपण अभियान शुरु गरेको छ ।

‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको’ नारासहित शुरु गरिएको अभियान एक महिनासम्म चल्ने छ । शुक्रबार एक कार्यक्रमकाबीच ललितपुरको पोखरीटार पार्कबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् ।

कार्यक्रममा युवासंघका अध्यक्ष क्षितिज थेवेको आथित्यता रहेको थियो। सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिए।

सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उनले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गरे । उनले युवा सङ्घका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँचवटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताए ।

एक महिने वृक्षारोपण अभियानले ७७ जिल्लामै वृक्षारोपण गर्ने जानकारी युवासंघका सचिव निरोज पौडेलले दिए।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ९ : ४१ बजे

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित