नेप्से १२९ अंकले बढेर दोस्रो पटक लाग्यो सर्किट ब्रेक « Khabarhub

नेप्से १२९ अंकले बढेर दोस्रो पटक लाग्यो सर्किट ब्रेक


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्से सूचकमा आइतबार दोस्रो सकारात्मक सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको छ।

बजार खुलेको २ मिनेट नहुँदै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो भने त्यस पश्चात खुलेको बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बजार खुलेको १ मिनेट ३३ सेकेन्डमा पहिलो पोजेटिभ सर्किट लागेको थियो र २० मिनेटका लागि बजार बन्द भएको थियो । २० मिनेट पछि बजार खुलको १ मिनेटमै दोस्रो सर्किट लागेको हो ।

दोस्रो सर्किट ५.०२ प्रतिशतले बढेर बजार बन्द भएको हो । अब ४० मिनेटका लागि बजार बन्द रहन्छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएसँगै आज कारोबारको पहिलो दिन दोस्रो सर्किट लागेको हो ।

दोस्रो सर्किट लाग्दा १२९.०७ अंकले नेप्से बढेर २६९७.२१ विन्दुमा पुगेको छ । दोस्रो सर्किट लाग्दा ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँ बराबरको १३ लाख २०५ कित्ता शेयर किनबेच भएको छ ।

दोस्रो सर्किट लाग्दा २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनीको शेयर मूल्य घटेको छ । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यसअघि नेप्सेमा ३.९९ प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट लागेका थियो । पहिलो सर्किट लाग्दा सम्ममा नेप्सेमा १०२.६८ अंकले बढेको थियो ।

पहिलो सर्किटमा २७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ५ लाख ५६ हजार ६५९३ कित्ता शेयर कारोबार भयो ।

पहिलो सर्किट ब्रेक लाग्दा २०६ कम्पनीको शेयर मूल्य बढ्यो भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ११ : ३४ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर