त्रिशूलीमा आठ दिन खटिँदा पनि भेटिएनन् बस, फर्कियो भारतीय टोली « Khabarhub

त्रिशूलीमा आठ दिन खटिँदा पनि भेटिएनन् बस, फर्कियो भारतीय टोली


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत असार २८ गते भरतपुर महानगरपालिका-२९ सिमलतालबाट पहिरोसँगै खसेका दुईवटा यात्रु बसको खोजीका लागि आएको भारतीय टोली रित्तो हात फर्किएको छ ।

घटनाको आठौं दिनमा साउन ५ गते आइपुगेको उच्च प्रविधियुक्त उक्त टोली ८ दिनको कोसिसमा पनि दुवै बस भेट्टाउन नसकेपछि आइतबार निराश हुँदै फर्किएको हो ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को यो टोलीले दुईवटा बससँगै बेपत्ता भएका कोही यात्रुसमेत फेला पार्न सकेन ।

दुर्घटनापछि त्रिशूलीमा डुबेका करिब ६५ जना यात्रुमध्ये २४ जनाको शव सिमलतालबाट ४० देखि ६० किलोमिटर दक्षिण नारायणी नदी र गण्डक ब्यारेज तथा बिहारको क्षेत्रमा भेटिएका हुन् ।

आठ दिन नेपालमा रहेर सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीसँगै दुवै बस खोजीमा जुटेको भारतीय टोलीले त्रिशूलीको धारिलो पानीसँग हार मान्दै फर्किएको हो ।

भारतीय टोली उच्च प्रविधियुक्त भए पनि त्रिशूलीमा आइरहेको निरन्तरको बाढीको उच्च करेन्टका कारण बस ठम्याउन असफल रह्यो ।

उल्टै शनिबार यो भारतीय टोलीले बसको खोजीमा प्रयोग गरिरहेको १९ केजी तौलको एउटा चुम्बक नै हरायो ।

भारतीय टोलीले ल्याएको उक्त चुम्बकलाई त्रिशूलीले शनिबार बगाएर बेपत्ता बनाएको हो। त्रिशूलीले बगाएको चुम्बक खोज्दै भारतीय टोली देवघाटसम्म पुगे पनि फेला पार्न सकेन ।

भारतीय टोलीको प्रयास असफल भएर फर्किएपछि अब सशस्त्र प्रहरी र नेपाली सेनासहितले फरक तरिकाले खोजीकार्यलाई निरन्तरता दिने भएका छन् । अब सरकारले खोजी पनि निरन्तर गर्दै मृतक र बेपत्ता व्यक्तिका परिवारलाई राहत पनि दिने भएको छ ।

कस्तो थियो टोली ?

त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजीका लागि विशेष उपकरणसहित १२ जनाको भारतीय टोली रूपन्देहीको बेलहिया नाका हुँदै साउन ५ गते घटनास्थलमा आएको थियो ।

४ वटा गाडीसहित राष्ट्रिय विपद् प्रतिकार्य फोर्स (एनडीआरएफ) का विज्ञसहितको टोली नेपाल आएर खोजीमा जुटेको थियो ।

उक्त टोलीलाई गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा बोलाइएको थियो । घटनाको ८ दिनमा पनि बसहरू नभेटिएपछि खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो ।

टोलीले उद्वारका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने सञ्चार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानीभित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण ल्याएको थियो । तर उक्त टोलीले बसको अवस्था पत्ता लगाउन सकेन ।

सिमलताल दुर्घटनाको तीन साता पुग्न लाग्दा अहिलेसम्म विभिन्न ठाउँबाट २४ वटा शव भेटिएका छन् । ती सबै शव त्रिशूलीमा नभइ नारायणीमा भेटिएका हुन् । ३८ जनाको अवस्था अझै अज्ञात छ। भेटिएकामा तीन महिलासहित १९ जनाको मात्रै सनाखत भएको छ। साउन ४ यता शव भेटिएका छैनन् ।

त्रिशूलीमा खसेका दुई बस ६५ जना सवार थिए । जसमध्ये तीन जना बाँच्न सफल भए । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स बस गत असार २८ गते भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १२ : ४५ बजे

अनि एकल लिडमा आँट गरेकी आँचल…

काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका

बेलायती प्रधानमन्त्री स्टाररमाथि राजीनामाको दबाब

लन्डन – बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि राजीनामा दिन दबाब बढेको

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली

बालेन सरकारले नदीलाई सभ्यता, संस्कृतिका आधारमा संरक्षण गर्ने

काठमाडौँ – सरकारले नेपालका नदीलाई सभ्यता, संस्कृति, जैविक विविधता र