मध्य चीनमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु « Khabarhub

मध्य चीनमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु भएको छ । 

यस्तै एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले  जनाएका छन् । पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतबार दिउँसोसम्म ११ जनाको शव र छ जना घाइतेको उद्धार गरेको बताइएको छ । 

घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख गरेको छ । यस महिनाको सुरुमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो । 

मे महिनामा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ०६ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर