मेचीनगरमा १३ करोड आन्तरिक राजस्व संकलन « Khabarhub

मेचीनगरमा १३ करोड आन्तरिक राजस्व संकलन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०-८१ मा आन्तरिक राजस्व १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ संकलन गरेको छ । आव २०७९-८० तुलनामा एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व संकलन भएको हो ।

नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९-८० मा आन्तरिक राजस्व ११ करोड ६१ लाख २१ हजार छ सय ९७ संकलन भएको जानकारी दिए । एक वर्षमा दुई करोडको हाराहारीमा आन्तरिक आयश्रोत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उनले बताए ।

नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० शीर्षकमा करबापत राजस्व संकलन गर्दै आएको छ । सम्पत्ति करतर्फ तीन करोड ४० लाख १९ हजार छ सय ४५ र अन्य सेवा शुल्कबापत दुई करोड ३१ लाख ९७ हजार तीन सय ८१ संकलन भएको छ । व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुरलगायत शीर्षकमा कर संकलन गरिने उनले जानकारी दिए ।

मेचीनगरमा रहेका १५ वडामध्ये वडा नं ६ ले उक्त अवधिमा सबैभन्दा बढी एक करोड ७६ लाख २७ हजार सात सय एक राजस्व संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। दोस्रोमा वडा नं १० रहेको बताउँदै यसले रु एक करोड ६३ लाख ९९ हजार पाँच सय ४५ राजस्व संकलन गरेको उनले बताए ।

वडागत रुपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नं १० ले ५९ लाख ७९ हजार ४३ संकलन गरेको छ । नगरपालिकाले चालु आवमा १६ करोड ७७ लाख आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए । चालु आवमा नगरको कूल बजेट दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ४४ बजे

भलिबलको एउटै टिममा परिचारका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका

पीएसएल : दीपेन्द्रको टिम इस्लामावाद युनाइटेडको लगातार दोस्रो जित

लाहोर- समीर मिन्हासको विष्फोटक ब्याटिङको मद्दतले इस्लामावाद युनाइटेडले पाकिस्तान सुपर

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र स्थापनाको काम

सूर्यविनायकमा क्यूआर कोडसहित घर नम्बर जडान अभियान सुरु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर

आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्लो भिडन्तमा राजस्थान