नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन हो : माओवादी | Khabarhub Khabarhub

नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन हो : माओवादी


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा  केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन भएको देखिएको भन्दै त्यसको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन् ।

उनले अहिलेको संविधान मुलुकको विकास र समृद्धिका लागि बाधक नभएकाले देशको दिगो विकासका लागि संविधानलाई नै टेकेर अघि बढ्नुपर्ने धारणा राखे ।

बिचौलियाहरूको चलखेलमा अनावश्यक संरचनाहरू बनाउने कामले देशको विकास गर्न नसक्ने भन्दै उनले समग्र देशको विकासको मोडलको बारेमा छलफल आवश्यक रहेको उल्लेख गरे ।

उनले यसअघिको सरकारले अघि सारेका सुशासनका मुद्दाहरूलाई निरन्तरता दिनुपर्ने र भ्रष्टाचार अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ५ : २२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ