भारतलाई स्तब्ध बनाउँदै श्रीलंका पहिलो पटक एसिया कप च्याम्पियन « Khabarhub

भारतलाई स्तब्ध बनाउँदै श्रीलंका पहिलो पटक एसिया कप च्याम्पियन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपाधि दावेदार भारतललाई ८ विकेटले हराउँदै श्रीलंकाले एसीसी महिला एसिया कपको उपाधि उचालेको छ ।

श्रीलंकालाई पहिलो पटक उपाधि जिताउने क्रममा हर्षिता समरविक्रम र चमारी अथपथुले शानदार ब्याटिङ गरे ।

आइतबार भएको उपाधि भिडन्तमा यसअघिका चार संस्करणमा ब्यहोरेको हारको बदाल पनि श्रीलंकाले लिएको छ ।

भारतले दिएको १६६ रनको चुनौती पछ्याएको श्रीलंकाले ८ बल बाँकी हुँदै २ विकेटको क्षतिमा १६७ रन जोड्यो। श्रीलंकाका लागि अविजित रहेकी हर्षिता समरविक्रमले ६९ रन जोडिन्। ५१ बल खेलेकी उनले ६ चौका र दुई छक्का हानिन् ।

कप्तानसमेत रहेकी ओपनर चमारी अथपथुले ४३ बलमा ९ चौका र २ छक्का हानिन् । त्यसैगरी कविशा दिल्हारी ३० रनमा अविजित रहिन्।

उता भारतकी दिप्ती शर्माले १ विकेट झारिन्।  त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले स्मृति मान्धनाको अर्धशतकीय योगदानमा २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

स्मृतिले ५६ बलमा १० चौकासहित ६० रन जोडिन्। भारतका लागि ऋचा घोष ३०, जेमिमाह रोड्रिग्जे २९, शेफाली वर्मा १६ र कप्तान हरमनप्रीत कौर ११ रनमा समेटिए ।

श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक २ विकेट झारिन्। सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले व्यक्तिगत एक-एक विकेट लिए ।

यसअघि भारतले सुरुका ६ संस्करणको उपाधि लगातार उचालेको थियो । जसमा चार संस्करणको फाइनलमा श्रीलंकाले हार भोगेको थियो । दुई पटक भारतले पाकिस्तानलाई हरायो ।

सन् २०१८ मा भएको एसिया कपमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि जित्यो । पछिल्लो संस्करणमा भारतले श्रीलंकालाई हराउँदै सातौँ पटक च्याम्पियन भएको थियो।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : ४८ बजे

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेरले मुलुकमा मजबुत

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत

बुखारेस्ट– रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर