ग्लोबल टी–२० : सन्दीप-दीपेन्द्र आबद्ध भ्यानकुभरले पहिले बलिङ गर्दै « Khabarhub

ग्लोबल टी–२० : सन्दीप-दीपेन्द्र आबद्ध भ्यानकुभरले पहिले बलिङ गर्दै


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल टी–२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेर भ्यानकुभरले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

यसअघिका दुवै खेलमा गुमाएको भ्यानकुभरले आज पहिलाे जितकाे खाेजीमा हुने छ । ६ टोली सहभागी प्रतियोगितमा भ्यानकुभर पाँचौ स्थानमा छ । आजको खेलमा पनि नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी प्लेइङ –११ मा छन् ।

यसअघि शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको थियो ।

उक्त खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले दुई विकेट लिए थिए । पुरै चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। ब्याटिङतर्फ दीपेन्द्र भने चल्न सकेनन्। २ बलको सामना गरेका उनले १ रन मात्र जोडे। ब्याटिङतर्फ नटआउट रहेका सन्दीपले तीन बलको सामना गर्दै २ रन जोडे।

भ्यानकुभरले टस जितेर पहिले बलिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको बंगला टाइगर्सले ७ विकेटको क्षतिमा १५३ रनको चुनौती दिएको थियो। उसका लागि इफ्तिखार अहमदले अर्धशतक बनाए। ४० बल खेलेका उनले नटआउट ५० रन बनाउन ६ चौका र एक छक्का प्रहार गरे।

सन्दीप र दीपेन्द्र सहभागी टिम भ्यानकुभरका लागि हर्ष ठाकरले नटआउट शानदार अर्धशतक बनाए पनि जितका लागि त्यो पर्याप्त भएन। उनले ६७ बलको सामना गर्दै तीन चौका र पाँच छक्काको सहयोगमा ७९ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले टिकेर नखेल्दा भ्यानकुभरले लगातार दोस्रो खेल गुमाउनु परेको हो। पूरै २० ओभर खेलेको भ्यानकुभरले ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो।

भ्यानकुभरको पहिलो खेल
पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो।

भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो। टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो।

सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो। रेजा‌ हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए।

 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ४७ बजे

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम– माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् ।

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३